पाल्पा- सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्ड फेरि अवरुद्ध भएकाे छ। पाल्पाको तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै गएराति पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको हाे।
बिहीबार राति पनि उक्त स्थानमा पहिरो खसेको थियो। सोही पहिरोमा फसेको लु १ क ११७५ नम्बरको ट्रकलाई पहिरोले पुरेको बताइएकाे छ। मानवीय क्षति भने भएकाे छैन।
पहिरो पन्छाउन बुटव र पाल्पातर्फबाट जेसीबी प्रयाेग गरिने प्रहरीले जनाएकाे छ। तानसेनतर्फबाट डोजर लगाइसकिएको छ। सडक खुलाउन शनिबार दिनभर लाग्नसक्ने बताइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।