एजेन्सी–अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अध्यक्ष थोमस बाखले दोस्रो कार्यकालका लागि समेत उम्मेदवारी दिनसक्ने बताएका छन्।
६६ वर्षीय बाख सन् २०१३ मा आठ वर्षका लागि ओलम्पिक कमिटीमा निर्वाचित भएका थिए। उनले दोस्रो चार वर्षका लागि उम्मेदवारी दिनसक्ने प्रावधान रहेको छ। आइओसी अध्यक्षको निर्वाचन २०२१ को जुन महिनामा एथेन्समा हुनेछ।
भिडियो सम्मेलनमार्फत् गरिएको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ९आइओसी०को १३६ औँ सम्मेलन सत्रमा बाखले भने, ‘यदि आइओसी सदस्यले चाहेको खण्डमा म दोस्रो कार्यकालका लागि आगामी वर्षहरूमा काम गर्न तयार रहने छु।’
सन् १९७६ मा पश्चिम जर्मनीका लागि ओलम्पिकमा गोल्ड मेडल जित्न सफल बाखले समितिका धेरै सदस्यले आफूलाई अर्को कार्यकालका लागि उम्मेदवारी दिएमा सहयोग गर्ने आश्वासन दिएको बताए।
‘प्रोत्साहन र विश्वासका धेरै शब्दहरूबाट म कृतज्ञ तथा आभारी छु,’ बाखले आफ्नो दोस्रो कार्यकालका लागि उम्मेदवारीको सम्भावनालाई संकेत गर्दै भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।