काठमाडाैं- त्रिभिुवन विश्वविद्यालयले लकडाउनको कारण स्थगित भएका परीक्षा दशैँ अघि सक्ने तयारी गरेको छ। त्रिवि शिक्षाध्यक्ष शिव भुसालका अनुसार आइतबारसम्म कुन तरिकाबाट परीक्षा लिने भन्ने टुंगाे लाग्ने छ।
उनले ठाउँको सुविधाअनुसार परीक्षा लिने तयारी गरिएको जानकारी दिए। ‘दशैँ अघि स्थगित परीक्षा लिनैपर्ने छ। परीक्षा सक्ने अन्तिम तयारीमा जुटेका छौँ,’ भुसालले भने, ‘ठाउँ अनुसार परीक्षा फरक फरक ढंगबाट हुन सक्छ।
त्रिविका प्राडा सुर्वण शाक्यको नेतृत्वमा ‘कमिटी अफ अल्टरनेटिभ एक्जाम मोड’ समिति गठन भएकाे थियाे।
समितिका सदस्य एवं परीक्षा उपनियन्त्रक विष्णुप्रसाद वाग्लेका अनुसार समितिले परीक्षा लिने ४ वटा तरिका सुझाएको छ। सामाजिक दूरी कायम गरी विद्यार्थी बसेकै जिल्लाबाट परीक्षा लिने, ओपन बुक परीक्षा (अनलाइन)मार्फत् लिने, डाइरेक्ट अनलाइन परीक्षा लिने, सेमेष्टरलाई आन्तरिक परीक्षा लिने जसमा भाइभा र मौखिक परीक्षा लिने गरी प्रतिवे बुझाइएको उपनियन्त्रक वाग्लले बताए।
‘सामाजिक दूरी कायम गरेर विद्यार्थी बसेकै जिल्लाबाट परिक्षा लिने मत बलियो भएको छ,’ वाग्लेले भने, ‘शिक्षाध्यक्षले बैठक राख्नुहुन्छ उक्त बैठकबाट ४ मध्ये एक तरिका छानिने छ। त्रिवि कार्यकारीबाट पास भएपछि लागू हुन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।