काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरबाट १ सयवटा नमुना विद्यालय छानिएको बताएको छ। मन्त्रालयका प्रवक्ता दिपक शर्माका अनुसार बुधबार बसेको बैठकले नमुना विद्यालय छनौट कार्यलाई अन्तिम रुप दिएको हो।
‘शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले देशभरबाट १०० वटा नमुना विद्यालय छनौट गरेको थियो‚’ शर्माले भने, ‘मन्त्रालयले यसलाई अन्तिम रुप दिएको हो।’




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।