• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

ओम्नीसँग मेडिकल सामग्री खरिदमा संलग्नले भने- भयावह समयको ख्याल गरौं

64x64
लिलु डुम्रे मंगलबार, असार ३०, २०७७  १७:२०
1140x725

काठमाडौं- मेडिकल सामग्री खरिद प्रक्रिया आपतकालीन अवस्थाको उपज भएको ‘अनियमिततामा मुछिएकाहरु’ले स्पष्टिकरण दिएका छन्।
संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालीन सचिव यादव कोइराला, स्वास्थ्य विभागका पूर्व महानिर्देशक महेन्द्र श्रेष्ठ र स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार खेम कार्कीलाई अनियमितताका विषयमा स्पष्ट पार्न मंगलबार बोलाएको थियो।

कोभिड- १९ को संक्रमण रोक्न सरकारले चैत ११ मा लकडाउन सुरु गरेसँगै स्वास्थ्य सेवा विभागले ‘फास्ट ट्रयाक’बाट मेडिकल सामग्री ल्याउने प्रक्रिया गरेको थियो। त्यसैक्रममा मेडिकल सामग्री खरिद प्रक्रिया अपारदर्शी भएको भन्दै मन्त्रालय सर्वत्र आलोचित बनेको थियो। खरिदकर्तालाई छनोट गर्ने क्रममा मन्त्रालयका सचिव,स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार र विभागका महानिर्देशकमाथि प्रश्न उठेको थियो।

कोरोना संक्रमण नियन्त्रणका नाममा भएको अनियमिततालाई स्पष्ट पार्न समितिले बोलाएका तीनै जनाले भयावह अवस्थालाई कारण देखाए।

मन्त्रालयका तत्कालीन सचिव कोइरालाले स्वास्थ्य सामग्री खरिद नभएको भए तत्कालीन समयमा स्थिति झनै दयनीय हुनेथियो भन्दै डर देखाए। उनले नेपाली बजारमा सामग्री नपाउने अवस्था, स्वास्थ्यकर्मीको आन्दोलन, लकडाउनको कारणलगायतले बाध्यात्मक अवस्था सिर्जना गरेको बताए। कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि बनेको उच्च स्तरीय समितिले तत्काल खरिदको प्रक्रिया अघि बढाउन दिएको निर्देशनले समेत मन्त्रालय दबाबमा परेको बताए। 

खरिद प्रक्रियामा सार्वजनिक खरिद प्रक्रियालाई पूर्ण रुपमा पालना गरेको उनले दाबी गरे। उच्च स्तरीय समितिको निर्देशनका कारण विशेष परिस्थिति अनुरुप खरिद प्रक्रिया सुरु गरेको भन्दै मन्त्रालयको बचाउ गरे। समितिले गर्ने छानबिनमा सहयोग पुर्‍याउने प्रतिबद्धता जनाए। ‘अनियमितताको ठहर भए भोग्न तयार छु। कानुन र विधिअनुसार नै खरिद गरिएको हो।’ उनले भने, ‘महामारीको समयमा अनियमितता गर्ने भन्ने हुँदैन।’

मन्त्रालयको सचिवको दायित्वमा रहेकाले मन्त्रिपरिषदमा प्रस्ताव पुर्‍याउन र परराष्ट्रसँग समन्वय गर्न आफ्नो भूमिका रहेको बताए। खरिद प्रक्रिया पारदर्शी तरिकाले भएको दाबी गर्दै उनीमाथि उठेका अन्य प्रश्नको उत्तरका लागि विभागतिर तेर्साइदिए।

तत्कालिन समयको भयावह स्थिति सुनाउँदै सामान ल्याएर उपयुक्त निर्णय गरिएको दाबी समेत गरे। ‘दुई महिनाको लागि त्यही सामानले धान्यो। कसले ल्यायो त्यो महत्वपूर्ण होइन। कतिमा ल्यायो भन्ने होइन।’ कलाहीलाग्दो समयको चित्रित गर्दै उनले प्रश्न गरे, ‘सामान ल्याउन नसकेको भए के हुन्थ्यो? त्यसपछि किन ल्याउन सकिएन?’ मेडिकल सामग्री जति मूल्यमा दिएपनि खरिद गर्ने बेला भएकाले १४ प्रतिशत बढी मूल्य परेको स्वीकारे।

उनले विभागसँग भएको सम्झौताअनुरुप सामग्री र परिणाम ल्याउन नसकेकाले ओम्नीसँगको खरिद प्रक्रिया रद्द गरिएको स्पष्टिकरण दिए। ओम्नीलाई पेश्की नदिएर नै सामग्री खरिद भएको जानकारी गराए। उनले भने, ‘खरिदका लागि पेस्की पनि दिइएको छैन। एक पैसा नदिइकन समान पनि आएको थियो।’

Ncell 2
Ncell 2
nimb
nimb

उनले जनस्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर मन्त्रालयले आफ्नो जिम्मेवारी पुरा गरेको बताए। उनले प्रतिकुल समयमा बजेट र अन्य विषयमा यकीन हुन नसकिने परिस्थिति बुझ्न सुझाए।

सामान खरिद प्रक्रियामा प्रमुख भूमिकामा रहेका स्वास्थ्य विभागका तत्कालीन प्रमुख महेन्द्र श्रेष्ठले समेत संकटको परिवेश बुझाउन प्रयास गरे। संकटलाई बिर्सिने नेपाली प्रवृति रहेको भन्दै गुनासो पोखे। तत्कालीन सचिवकै बोली दोहोर्‍याउँदै चरम सामग्री अभावका बेला फास्ट ट्रयाक अपनाइएको बताए।

संक्रमण ऐन लागू भएको विशेष परिस्थिति र सार्वजनिक खरिद ऐनको विशेष परिस्थितिअनुरुप खरिद गरिएको उनले बताए। चैत १५ भित्र नै मेडिकल सामग्री खरिद गर्नुपर्ने उच्च स्तरीय समितिको निर्देशन बमोजिम द्रूत प्रक्रियामा खरिदकर्ता छानिएको स्वीकारे। संकटको बेला अबेर रातीसम्म खटेर खरिदकर्ता छानिनु  स्वभाविक रहेको बताए।

लिस्टिङमा परेका २९ वटै खरिदकर्तालाई बोलाएर छलफल गरिएको उनले दाबी गरे। उनले मन्त्रालयअन्तर्गतका सबै निकायसँग समन्वय गरी पारदर्शी रुपमा ओम्नीलाई खरिदको जिम्मेवारी दिएको जानकारी गराए। उनले भने, ‘मूल्यभन्दा ज्यान ठूलो भएकाले १४ प्रतिशत मूल्य बढी पर्नेगरी सम्झौता गरिएको हो।’ विशेष परिस्थितिअनुसार मन्त्रिपरिषद्बाट निर्णय गराएर खरिद प्रक्रिया गरिएको उनको भनाइ थियो। 

उच्च स्तरीय समितिले जि टु जि माध्यमबाट मेडिकल सामग्री खरिद गर्ने निर्णय र तोकिएको कम्पनीले सम्झौता बमोजिमको सामान ल्याउन नसकेकाले सहमति भंग गरिएको जानकारी गराए। ओम्नीले पहिलो लटमा २५ प्रतिशत सामग्री ल्याउन भनिएपनि १० प्रतिशतमात्रै ल्याएको बताए। गुणस्तरको मापन गर्न तत्कालीन समयमा नसकिएको स्वीकारे।

उनले भने, ‘प्रदेशमा सामग्री पठाउन मन्त्रीहरु नै एयरपोर्टमा हुनुहुन्थ्यो। परीक्षण गर्ने समय नै भएन। ओम्नी समूहलाई ल्याइएको सामग्रीको अन्तर्राष्ट्रिय गुणस्तरको मापन गर्न कागजात पेश गर्न भनिएको छ।’ ओम्नीले ल्याएको सामान र गुणस्तरको फरफार गर्न नसकेको सुनाए। भुक्तानी नेपाली रुपैयाँमै हुनेगरी सम्झौता भएको श्रेष्ठले दाबी गरे।

उनले ओम्नीले ल्याएका १९ वस्तुमध्ये ४ आइटम अस्वभाविक महँगो भएको दाबी गरे। सम्झौताका प्रावधान लागू भएकाले ओम्नीलाई खरिदको चुक्ता नगरिएको जानकारी गराए। नेपाल एयरलाइन्सलाई भाडाबापतको रकम चुक्ता गर्न सरकार र समितिको निर्देशन पर्खिएको बताए।

उनले विभागले ल्याएका आरडिटी किट पुरै गुणस्तरहीन नभएको दाबी गरे। सनसिटी अर्पाटमेन्ट र कर्णालीमा आरडिटीले नै पोजेटिभ पहिल्याएको उनले बताए।

खरिद प्रक्रियाको क्रममा अनावश्यक व्यक्ति सहभागी भएको भन्दै मन्त्रीका विज्ञ सल्लाहकार कार्कीमाथि समेत प्रश्न उठेको थियो। उनले जनस्वास्थ्यको विज्ञ भएकाले छनोट समितिमा सहभागी भएको भन्दै आफ्नो बचाउ गरे। कार्कीले ०.५ प्रतिशत कम मूल्यदरमा खरिदकर्ता छनोट गर्न आफ्नो भूमिका भएको बताए।

खरिद प्रक्रियामा आफ्नो सहभागितामा कानुनी जटिलता भए सुझाइदिन सांसदहरुसँग आग्रह गरे।
तत्कालिन जटिल परिस्थितिमा बाधा फुकाउन सहयोगी भएको तर्क गरे। खरिद प्रक्रियाको निर्णय टुंगाउन राति अबेर नभएको उनको स्पष्टिकरण दिए।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
आज दिनभर खोज तथा उद्धारमा के–के भयो? भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित विभिन्न क्षेत्रमा आज पनि नेपाली सेनाले खोज तथा उद्धार, राहत, सडक तथा पुल सञ्चालन र आपत्कालीन स्वा... आइतबार, भदौ २१, २०८३
दुई महिनामै फेरिए रसुवामा सिडियो दुई महिनाअघि मात्रै रसुवाको प्रमुख जिल्ला अधिकारीको नेतृत्व सम्हालेका नरेन्द्र परियारलाई गृहमन्त्रालयमा तानिएको छ । आइतबार, भदौ २१, २०८३
सचिव बन्ने दौडमा तीन वरिष्ठ सहसचिव सचिवका लागि सिफारिस हुने सम्भावित वरिष्ठ सहसचिवमा विनोदबहादुर कुँवर, उत्तरकुमार खत्री र कालीप्रसाद पराजुली रहेका छन्। आइतबार, भदौ २१, २०८३
ताजा समाचारसबै
भोटेकोशीको भेलले कारागार घेर्दा ५० कैदी फरार, सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर फर्काए : प्रधानमन्त्री आइतबार, भदौ २१, २०८३
सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको आश्वासन: सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता गर्दैन आइतबार, भदौ २१, २०८३
बाढीपीडितका लागि नेकपाको २४ बुँदे प्रस्ताव आइतबार, भदौ २१, २०८३
भोटेकोशी प्रभावित क्षेत्रमा चिनियाँ विज्ञद्वारा निगरानी तीव्र, हिमताल र पहिरोको जोखिममा विशेष निगरानी आइतबार, भदौ २१, २०८३
आज दिनभर खोज तथा उद्धारमा के–के भयो? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्