काठमाडौं- देशभर आंशिकदेखि सामान्य बदली भई मध्यम खालको वर्षा हुने प्रक्षेपण गरिएको छ। न्यूनचापीय रेखा नेपालको तराई क्षेत्रबाट दक्षिणतिर सर्दै गएकाले भारी वर्षाको सम्भावना टर्दै गएको हो।
मनसुनी वर्षा भएकाले पानी आउने क्रम भने जारी हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिम नेपालका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे छ।
मंगलबार दिनभर आंशिकदेखि सामान्य बदली भई हल्कादेखि मध्यम खालको वर्षा हुन सक्ने महाशाखाका मौसमविद् वरुण पौडेलले बताए। मंगलबार राति पनि देशैभर सामान्य बदली भई हल्कादेखि मध्यम वर्षा हुने आंकलन गरिएको छ। तर, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पौडेलले बताए।
बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गणडकी, प्रदेश ५ र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। बुधबार राति देशभर देशभर आंशिकदेखि सामान्य बदली भई केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। बिहीबार राति देशभर आंशिकदेखि सामान्य बदली भई केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।