सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले एक गर्भवती महिला र गत बिहीबार रातिकाे बाढीमा परेकासहित ४ जनालाई उपचारको लागि काठमाडौं पठाएकाे छ। गाउँपालिकाले गर्भवती महिलालाई सडकमार्गबाट उपचारमा लैजान नसक्ने भएपछि हेलिकाेप्टरबाट काठमाडाैं पठाइएकाे भोटेकोशी गाउँपालिकका अध्यक्ष राजकुमार पौडेलले बताए।
अध्यक्ष पौडेलका अनुसार गत बिहीबार बाढीमा हराएका एक जनालाई फेला पारी उपचारको लागि काठमाडौं पठाइएकाे हाे। त्यस्तै एक दीर्घ रोगी र अर्का बाढी पीडितलाई उपचारको लागि काठमाडौं पठाइएकाे हाे।
भोटेकोशी गाउँपालिकाका करिब २ सयजना बाढीबाट प्रभावित भएका छन्। उनीहरुलाई सुख्खा बन्दरगाह अर्थात् तातोपानी भन्सार कार्यालयको र्याडमा राखिएको छ।
अहिले काठमाडौंबाट राहत सामग्रीसहित बिरामी लैजान गाउँपालिकाले ४ वटा हेलिकाेप्टर मगाएकाे छ। बाढीबाट प्रभावित बनेकाहरुलाई अहिले गाउँपालिकाले बसोबास र खानाको व्यवस्थापन गरिरहेको भोटेकोशी गाउँपलिकाका कार्यकारी अधिकृत मोहन निरौलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।