म्याड्रिड- स्पेनिस ला लिगाको अंक तालिकाको दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड पराजित भएपछि शीर्ष स्थानको बार्सिलोना उपाधि नजिक पुगेको छ।
एट्लेटिको बिहीबार राति भएको खेलमा रियल सोसिडाडसँग ३-० गोलले पराजित भएको हो। सोसिडाडको जितमा डा सिल्भाले २७ मिनेटमा गोल गर्दा जाउमीले ८० र दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे।
हारसँगै एट्लेटिको ३३ खेलमा ७१ अंकमै सीमित बन्यो। १२ अंकले अघि रहेको शीर्ष स्थानको बार्सिलोनाको ८३ अंक छ। अब बार्सिलोना बाँकी रहेका ५ मध्ये १ खेलमा जित हात पारे ला लिगाको च्याम्पियन बन्नेछ।
यता लेभान्तेसँग १-० गोलले पराजित भएपछि मालागा रेलिगेशनमा पारेको छ। मालागा हराउँन लेभान्तेका बोएटिङले अन्तिम मिनेटमा गोल गरेका थिए। अंक तालिकाको पुछारमा रहेको मालागाले १७ अंक जोडेको छ। रेलिगेशनबाट एक स्थान माथि रहेको लेभान्तेको ३४ अंक छ। अब बाँकी रहेका ५ खेलमै जित हात पारेपनि मालागाका लागि पर्याप्त हुनेछैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।