लन्डन- इंग्लिस प्रिमियर लिगमा चेल्सीले जित हात पारेको छ। चेल्सीले गएराति भएको खेलमा वर्नलीलाई २-१ गोलले पराजित गरेको हो।
खेलको २० मिनेटमा वर्नलीका लङ्गले आफ्नै पोस्टमा गोल गरेपछि चेल्सीले अग्रता लिएको थियो। तर ६४ मिनेटमा बार्नेसले गोल गरेर खेललाई बराबरीमा ल्याए। ५ मिनेटपछि चेल्सीका मोइसेसले गोल गर्दा चेल्सी २-१ गोलले अघि रह्यो। अब २८ अप्रिलमा स्वान्सीसँग प्रतिस्पर्धा गर्ने चेल्सी चौथो स्थानको टोटनह्यामलाई दबाब दिइरहेको छ।
लिगको चौथो स्थानको टोटनह्यामको ४ खेल खेल्न बाँकी छदा ६८ अंक छ भने चेल्सीको ६३ अंक मात्र छ। बाँकी रहेका चार खेलमा टोटनह्यामले २ खेलमा अंक गुमाए चेल्सी चौथो स्थानमा रहेर च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।