गुल्मी- वर्षाका कारण पहिरो गएपछि रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध बनेको छ। सत्यवती गाउँपालिका– ६ डहरे खोलामा ट्रक भासिएपछि गए रातिदेखि सडक अवरुद्ध बनेको हो।
सडक अवरुद्धपछि एम्बुलेन्ससहित दर्जनाैं सवारी साधन र यात्रु बीच बाटाेमा अलपत्र परेका छन्। सडक पुनःसञ्चालन गर्न डोजर परिचालन गर्ने तयारी भइहेको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए।
अविरल वर्षाका कारण पहिरो जाँदा गुल्मीको तम्घास– इन्द्रेगाैंडा र तम्घास–मुसिकोट सडक पनि अवरुद्ध भएका छन्। मुसिकोट नगरपालिका– ३ को धरमपानी र ४ को ताहु खोलामा सडकमााथिबाट ठूलो पहिरो खसेपछि शनिबार बेलुकीदेखि सडक अवरुद्ध बनेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।