काठमाडौं- जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश क्षेत्रमा मंगलबारसम्म भारी वर्षाको सम्भावना रहेकाे छ। गत बिहीबारदेखि देशका अधिकांश क्षेत्रमा सुरु भएको भारी वर्षा मंगलबारसम्म कायम हुने सम्भावना रहेकाे हो।
न्यूनचापीय रेखा नेपालको तराई क्षेत्रबाट सोमबारदेखि विस्तारै भारततिर सर्दै जाने देखिएकाले मंगलबारदेखि भारी वर्षाको सम्भावना टर्दै जाने मौसमविद् राजु प्रधानाङले बताए। मौसमविद् प्रधानाङगले भने, ‘सोमबारदेखि न्यूनचापीय रेखा तराईबाट विस्तारै भारततिर सर्दै जाने देखिएको छ। त्यो भएमा भारी वर्षा हुने सम्भावना कम हुँदै जान्छ।’ तर, मनसुनको मध्य समय भएकाले भारी वर्षाको सम्भावना कम भएपनि मनसुनी झरी भने कायम हुने प्रधानाङगले बताए।
आइतबार दिउँसोदेखि रातिसम्म प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। तर, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मात्रै भारी वर्षाको अनुमान गरिएको छ। देशैभर पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जन र मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा हुन सक्ने महाशाखाको अनुमान छ।
सोमबारः देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै जसो स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको अनुमान गरिएको छ। तर, गण्डकी प्रदेशको एक-दुई स्थानमा मात्रै भारी वर्षाको सम्भावना छ।
यस्तै सोमबार राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै जसो स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मंगलबारः देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै जसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र प्रदेश २ थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का एक-दुई स्थानमा मात्रै भारी वर्षाको सम्भावना छ।
यस्तै मंगलबार राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै जसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। तर, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मात्रै भारी वर्षाको सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।