डडेल्धुरा–खानेपानी विवादले उग्र रुप लिएपछि डडेल्धुरामा दुई गाउँका बासिन्दाबीच भएको झडपमा १ बालकको मृत्यु भएको छ।
भौना र झरकाडा गाउँका मादक पदार्थ सेवन गरेका ४ जनाबीच कुटाकुट भएको हो। घटनामा आलिताल गाउँपालिका(६ बस्ने गणेश महराका छोरा ८ वर्षीय सिद्धार्थ भनिने हिमांशु महराको मुत्यु भएको हो।
डडेल्धुरा प्रहरीका अनुसार शुक्रबार राति करिब ९ बजे भएको झडपमा बालक घाईते भएपछि उपचारका लागि राति नै धनगढी लगिएको थियो। उनको शनिबार बिहान मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।