• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

देशभर अविरल वर्षा, बाढी र पहिरोबाट दुई दिनमै २५ जनाको मृत्यु, ५६ बेपत्ता

आइतबारसम्म अधिकांश क्षेत्रमा भारी वर्षा हुने प्रक्षेपण
64x64
वीरेन्द्र ओली शुक्रबार, असार २६, २०७७  २१:००
1140x725

काठमाडौँ- अविरल वर्षाका कारण बाढी र पहिरोका कारण बिहीबार र शुक्रबार मात्रै २५ जनाको मृत्यु हुनुका साथै ५६ जना बेपत्ता भएका छन्। मनुसनी भारी वर्षाका कारण अर्बौंको क्षति भएको गृह मन्त्रालयले जनाएको छ।

बिहीबार सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशी गाउँपालिकामा पर्ने बुलकुटे खोलामा आएको बाढीबाट २ जनाको मृत्यु हुनुका साथै २० जना बेपत्ता भएको गृह मन्त्रायका प्रवक्ता दीपेन्द्रनाथ शर्माले बताए। बिहीबारै सिन्धुपाल्चोक र डोटीमा गरी ८ जना घाइते भएका छन्। यस्तै शुक्रबार बाढी तथा पहिरोबाटै २३ जनाको मृत्यु हुनका साथै ३६ जना बेपत्ता र २६ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ। शुक्रबार बाढी र पहिरोबाट कास्की, लमजुङ, म्याग्दी, रुकुम पश्चिम, तनहुँ, जाजारकोट, दोलखा र गल्मी गरी ८ जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन्।

दुई दिनमा कहाँ कति मृत्यु र बेपत्ता भए
बाढी पहिरोबाट सबैभन्दा धेरै पहाडी जिल्ला प्रभावित भएका छन्। कुन जिल्लामा कति मृत्यु र बेपत्ता भए भन्ने विषयमा तल देखाइएको छ। 

क्र.स. जिल्ला मृत्यु बेपत्ता
१ म्याग्दी ३ ३१
२ लमजुङ ३ -
३ कास्की ७ -
४ रुकुम पश्चिम २ -
५ जाजरकोट ७ ५
६ गुल्मी १ -
७ सिन्धुपाल्चोक २ २०
  जम्मा २५ ५६

स्रोत : गृह मन्त्रालय

आइतबारसम्म देशका अधिकांश ठाउँमा भारी वर्षा हुने प्रक्षेपण
जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आइतबार रातीसम्म देशका अधिकांश क्षेत्रमा भारी वर्षा हुन सक्ने प्रक्षेपण गरेको छ। बिहीबारदेखि सुरु भएको मनसुनी वर्षाले देशका अधिकांश क्षेत्रमा जनधनको क्षति पुर्‍याएको छ।

बिहीबार बिहानैदेखि न्यूनचापीय रेखा पूर्वी र मध्य-तराई क्षेत्रमा केन्द्रित भएकाले मनसुनी वर्षा देशभर सक्रिय भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए। ‘बिहीबार बिहानैदेखि न्यूनचापीय रेखा नेपालको तराई क्षेत्रमा केन्द्रित भयो। पानी पार्ने न्यूनचापीय रेखा प्रदेश एक, प्रदेश दुई, बाग्मती, गण्डकी र प्रदेश ५ मा केन्द्रित भएकाले भारी वर्षा भइरहेको छ,’ अर्यालले भने, ‘आइतबार बेलुकादलेखि पूर्वी तराई हुँदै दक्षिणतिर न्यूनचापीय रेखा सर्दै जाने देखिएकाले सोमबारदेखि मौसममा हल्का सुधार आउन सक्छ।’ मनसुनको मध्य समय भएकाले मध्यमदेखि भारी वर्षा भइरहेकाले सचेत रहन सबैलाई अर्यालले आग्रह गरेका छन्। 

 

 

Ncell 2
Ncell 2
nimb
nimb

शुक्रबार राती देशभर सामान्यदेखि पूर्ण बदली हुने र सातै प्रदेशका अधिकांश स्थानमा मेघगर्जनसहित हल्का र मध्यम वर्षा हुन सक्ने महाशाखाको प्रक्षेपण छ। महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती र गण्डकी र प्रदेश ५, सुदुरपश्चिम र कर्णाली प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना छ।

शुक्रबार कहाँ कति वर्षा? 
महाशाखाको शुक्रबार बेलुका ६ बजेको विवरणअनुसार सबैभन्दा बढी वर्षा पोखरामा २ सय ५५ दशमलव ९ मिलिमिटर वर्षा भएको छ। सिमरामा १ सय ३६ दशमलव ४ एमएम, भैरहवामा १ सय ३५ दशमलव ३ एमएम, कास्कीको लुम्लेमा ७४ दशमलव ३ एमएम, दोलखाको जिरीमा ८३ एमएम, नेपालगञ्जमा ७४ एमएम, धरान ५० दशमलव ५ एमएम वर्षा भएको छ। तर, काठमाडौ उपत्यकामा २८ दशमलव ४ एमएम वर्षा भएको महाशाखाले जनाएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तो हुनेछ शनिबार र आइतबारको मौसम
शनिबार देशभर सामान्यदेखि पूर्ण बदली भई सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती र गण्डकीका धेरै स्थानमा र  प्रदेश २, प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै शनिबार रातीः देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा साथै बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै जसो स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा प्रदेश २, प्रदेश ५ का एक दुई स्थानहरुमा भारी वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा तथा प्रदेश २ का एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ।

कहाँ-कहाँ बाढीको सम्भावना छ?
शनिबार कोशी र नारायणी नदीसँगै अन्य सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्नुका साथै सर्तकता आसपाससम्म पुग्न सक्ने अनुमान गरिएको छ। तर कर्णाली, महाकाली र सहायक नदीमा बहाव बढेपनि सर्तकर्ता भन्दा तलै हुनेछ। यस्तै कन्काई, कमला, बागमती, पश्चिम राप्तीलगायत नदीमा बहाव बढ्न सक्नेछ। प्रदेश १, प्रदेश २, बाग्मती, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका मध्य पहाडीका चुरे र तराई क्षेत्र भई बग्ने नदीमा पानी बहाव बढ्न गई सतर्कता तहसम्म पुग्न सक्नेछ। 

यस्तै आइतबार कोशी, नारायणी र यसका सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्नुका साथै खतराको तह आसपास पुग्ने बाढी पूर्वानुमान महाशाखाको भनाइ छ। तर, कर्णाली, महाकाली र यसका सहायक नदीमा पानीको बहाव बढेपनि खतराको तहभन्दा तलै हुने अनुमान छ। आइतबार कन्काई, कमला, बबई, पश्चिम राप्ती, तिनाउ र अन्य सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने अनुमान गरिएको छ। प्रदेश एक, दुई, बाग्मती प्रदेश र गण्डकी प्रदेशका मध्य तराई र चुरे क्षेत्र भई बग्ने नदी र खोलामा पानीको बहाव बढ्नुका साथै कतिपय नदीमा खतराको तहसम्म पुग्न सक्ने बताएको छ। 

पछिल्ला प्राकृतिक प्रकोपबाट भएको मानवीय क्षति
साल             मृत्यु 
०६८            ५१९
०६९            ३९९
०७०            ४१७
०७१            ५३९
०७२            ९,२७९
०७३            ४८३
०७४            ५९७
०७५           ४६५
०७६           ३७९
जम्मा          १३,०७७

प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  २१:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्