• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

लकडाउनपछि सहकारीको सम्पत्ति, बचत र तलरता बढ्यो तर कर्जा घट्यो : अध्ययन

64x64
नेपाल लाइभ शुक्रबार, असार २६, २०७७  १७:५५
1140x725

काठमाडौं- काेराेना भाइरस (कोभिड-१९)काे महामारीले सहकारी क्षेत्रमा पारेकाे प्रभावको अध्ययन गर्न गठित समितिले लकडाउनपछि सहकारी संस्थाको सम्पत्ति, बचत र तरलता बढेको देखिए पनि कर्जा लगानी भने घटेको प्रतिवेदन सार्वजनिक गरेको छ।  

सहकारी विभागका उपरजिष्ट्रारको संयोजकत्वमा गठित १८ सदस्यीय अध्ययन समितिले तीन हप्ता लगाएर २ वटा केन्द्रीय संघ र २८ वटा प्रारम्भिक संस्था गरी कूल ३० वटा संस्थाको अध्ययनपछि यस्तो निष्कर्ष निकालेको हो। अध्ययनमा समावेश भएका प्रारम्भिक संस्थाहरुमा पनि १७ वटा बचत तथा ऋण सहकारी ९ वटा बहुउद्देश्शीय सहकारी संस्था र २ वटा कृषि र दुग्ध सहकारी थिए।

लकडाउन अवधिमा यी चारवटै समूहका संस्थाको औसत वित्तीय विवरण हेर्दा कूल बचत संकलन ८ दशमलव ६३ प्रतिशत र तरलता २ दशमलव ७५ प्रतिशतले बढेको देखिएको छ। त्यसैगरी यो अवधिमा कूल सम्पत्ति पनि ४ प्रतिशतभन्दा बढिले वृद्धि भएको देखिएको छ। तर ऋण लगानीमा भने २ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ।

बन्दाबन्दीको कारणले लगानीको वातावरण बिग्रेको, निर्माण क्षेत्रलगायत सेवाको क्षेत्र पनि सुस्ताएको र आयात निर्यातमा पनि कमी आएको हुँदा समग्र आपूर्ति सञ्जालमा प्रतिकूल प्रभाव परेको अवस्थामा पुरानो ऋण फिर्ता भएको र तुलनात्मक रुपमा बढी व्याजकाे आशाले सहकारीमा बचत रकम बढेको निष्कर्ष अध्ययन समितिको छ। तर, यस अवधिमा लगानीका अधिकांश क्षेत्र प्रभावित भएका कारण कर्जा विस्तारमा भने कमी देखिएको छ। ऋण लगानीको अवसर र परिमाण घटिरहँदा पनि तरलता कम देखाएका सहकारी संस्थाको हकमा भने रकमको प्रयोग के कसरी र कहाँ भइरहेको छ भनेर नियामक निकायले नियमन र अनुगमन तीव्र पार्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

२ वटा केन्द्रीय संघहरुको तुलनात्मक अध्ययन हेर्दा लकडाउन अवधिमा तरलता ८ प्रतिशतले र कूल सम्पत्ति करिब १३ प्रतिशतले बढेको देखिन्छ। त्यसैगरी यो अवधिमा जम्मा बचत करिब १५ प्रतिशतले बढेको पाइए पनि ऋण तथा बचतको अनुपात भने १० प्रतिशतले घटेको देखिन्छ। यो अवधिमा केन्द्रीय संघहरुको ऋण लगानीमा पनि करिब ३ प्रतिशतले संकुचन आएको देखिएको छ। यसरी बचत बढ्नुको मुख्य कारण बन्दाबन्दीले लगानीका अवसरलाई खुम्च्याएको र यसले तरलता पनि बढेको अध्ययनबाट देखिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै बचत तथा ऋण सहकारी संस्थातर्फ १७ वटा संस्थाको अध्ययन गरिएकोमा १२ वटा संस्थाको कूल सम्पत्ति र १५ वटा संस्थाको बचत संकलन बढेकै अवस्थामा देखिएको छ। समग्रमा यो समूहका सहकारीको बचत रकम १.६ प्रतिशत र तरलता १ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ। बचत र तरलता बढ्दाबढ्दै पनि ऋण लगानीमा करिव २.८ प्रतिशतको कमि देखिँदा बचत र ऋणको अनुपात करिब ४ प्रतिशतले घटेको पाइएको छ। समग्रमा बचत तथा ऋण सहकारी संस्थाको कूल सम्पति ०.५४ प्रतिशतले घटेको देखिएकाले बन्दाबन्दीको समयमा वित्तीय कारोबारमा संकुचन आएको निष्कर्ष अध्ययन समितिले निकालेको छ।

बहुउदेश्शीय सहकारी संस्थामा पनि लकडाउन अवधिमा बचत बढेको देखिएता पनि लगानी भने घटेको देखिएको छ। अध्ययन भएका संस्थाहरुमा समग्रमा यो अवधिमा कूल सम्पत्तिमा ०.५ प्रतिशत र तरलतामा १ प्रतिशतले बढोत्तरी भएको देखिएको छ। बचत अनुपात २ प्रतिशतले घटेको भएता पनि जम्मा बचत संकलन भने करिब १.५ प्रतिशतले बढेको देखिएको छ।

कृषि तथा दुग्धतर्फका सहकारीमा केही उतारचढाव देखिए पनि मुख्य कारोबार (दुग्ध पदार्थ)मा भने बन्दाबन्दीले कुनै असर गरेको देखिएको छैन। बरु यो अवधिमा दुग्ध संकलन अर्थात् खरिद र बिक्री दुबै कारोबार बढेको पाइएको छ। लकडाउन अवधिमा दुग्ध पदार्थको खरिद (परिमाणगत रुपमा) २३ प्रतिशतले र बिक्री २४ दशमलव ९ प्रतिशतले बढेको देखिन्छ।

Xtrem
Xtrem

अध्ययन समितिका सुझाव
– लगानीको अवस्था बन्दाबन्दीको अवधिमा केही खुम्चिएको र यसले पुँजी परिचालन तथा रोजगारीमा समेत प्रतिकूल प्रभाव पार्ने भएकाले राज्यको तर्फबाट समग्र अर्थ व्यवस्थाको नीतिगत निर्णय हुँदा वा कुनै आदेश जारी हुँदा सहकारी क्षेत्रलाई समेत समेट्नु पर्ने।
– बन्दाबन्दीले स्वदेश तथा विदेशमा रहेका धेरै जनशक्ति बेरोजगार बनेको अवस्थामा सहकारीलाई उत्पादनसाग जोड्नेगरी राज्यको तर्फबाट विशेष निर्णय गर्नुपर्ने। 
– अर्थव्यवस्थालाई सिथिल बनाउने अप्रत्यासित घटनाहरूबाट बचत ऋणभन्दा पनि उत्पादन र उपभोगसँग सम्बन्धित संस्थाहरु बच्न सफल देखिएकाले राज्यको तर्फबाट सहज वितरण श्रृंखला तयार गरिदिनु पर्ने। 
– सहकारी मूल्य मान्यता र सिद्धान्त पछ्याएका र सदस्य केन्द्रित भई समुदायमा आधारित संस्थाहरु त्यति प्रभावित भएको नदेखिएकाले त्योभन्दा फरक किसिमका संस्थाहरुमा तरलताको अभाव हुने, ऋण असुलीमा समस्या देखिन सक्ने भएकाले नियामक निकायहरुले सुक्ष्म रूपले अनुगमनलाई निरन्तरता दिनुपर्ने।
– विशेषगरी काठमाडौं उपत्यकभित्र रहेका बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरु बन्दाबन्दीले बढी प्रभावित भएको बुझिन्छ। त्यसमाथि बन्दाबन्दी आंशिक खुकुलो भएपछि त्यस प्रकारका संस्थामा लगानीको लागि श्रोतको कमी र तरलताको अभाव हुने बुझिएको छ। सहकारी ऐनमा भएको व्यवस्थाका अतिरिक्त अलगै राष्ट्रिय स्तरमा जोखिम तथा तरलता व्यवस्थापन कोषको खाँचो देखिन्छ। यसको लागि प्रदेशस्तर र स्थानीय तहमा पनि राख्ने प्रबन्ध हुनुपर्ने देखिन्छ।
– बन्दाबन्दीलगायतका कारणले घाटामा गएकाले स्थानीय तहमा रहेका कतिपय बाणिज्य बैंकका शाखाहरु हटाउन अनुरोध भएका समाचार आइरहेको सन्दर्भमा नेपाल सरकारले आवश्यक कानुनी तथा नीतिगत निर्णय गरी सहकारी संस्थाहरुलाई प्रवर्द्धन गर्न सकिन्छ।
– सरकारलाई सञ्चालन खर्चको कमी भइरहेको वर्तमान अवस्थामा सहकारी क्षेत्रमा उपयुक्त लगानीको अवसर नभई थुप्रिएको बचत संकलनलाई आन्तरिक ऋणको नयाँ स्राेत बन्न सक्ने पनि देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्