काठमाडौं- लोक सेवा आयोगले प्रशासनतर्फ सहसचिवको नतिजा सार्वजनिक गरेको छ। खुलातर्फ १० जनाले सहसचिव परीक्षा उत्तीर्ण भएका छन्।
सहसचिव हुनेहरूमा रामबन्धु सुवेदी, नमराज घिमिरे, रमेश ढकाल, आनन्द काफ्ले र विपिन आचार्य छन्। यसैगरी इन्द्रदेव आचार्य, हेमराज तामाङ, अनिता निरौला, स्किम श्रेष्ठ र रामकुमार महतो सहसचिवमा उत्तिर्ण भएका छन्।
केही दिनअघि आन्तरिक प्रतिस्पर्धाको नतिजा आएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।