सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा बाढीमा परी बेपत्ता भएकाहरुकाे खाेजी कार्य जारी छ। बाढी प्रभावित क्षेत्र बाह्रबिसे नगरपालिका वडा नं. ५ स्थित जम्बू, वडा नं. ३ स्थित खग्डोल र भोटेकोशी गाउँपालिका ५ स्थित लामबोटेमा हराएका मानिसहरुको खोजी जारी रहेकाे हाे।
बुधबार राति गएकाे पहिरोमा परी हराएका मध्ये २ जनाकाे शव भेटिएकाे छ। बेपत्ता भएका अन्य २३ जनाकाे नेपाली सेनासहितकाे टाेलीले खाेजी कार्य जारी राखेकाे छ।
बेपत्ता भएकाकाे खोजीमा सेनाको गोरख बक्स गणअन्तर्गतका सुरक्षा बेसहरुबाट सुरक्षाकर्मीहरु खोज तथा उद्धारका लागि परिचालन भएको नेपाली सेनाले जनाएको छ। उक्त क्षेत्रमा सशस्त्रलाई पनि परिचालन गरिएको छ। बुधबार राति भोटेकोशी र स्थानीय ठाडो खोलामा आएको बाढीले क्षति पुर्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।