मोहाली- जारी आइपिएल क्रिकेटमा क्रिस गेल पहिलो शतक प्रहार गर्ने खेलाडी बनेका छन्। किंग्स इलाभेन पञ्जावका गेलले सनराइजर्स हैदरावाद विरुद्ध ५८ बलमा शतक प्रहार गरेका हुन्। खेलमा गेल १ सय ४ रनमा नटआउट रहे। उनले ६३ बल खेल्दा १ चौका र ११ छक्का प्रहार गरे। आइपिएलमा गेलको यो छैटौ शतक हो।
गेलको शतकसँगै पञ्जावले हैदरावादलाई १ सय ९४ रनको लक्ष्य दिएको छ। उसले ३ विकेटको गुमाएर १ सय ९३ रन जोडेको हो। पञ्जावका लागि आरोन फिन्चले ६ बलमा नटआउट १४ रन जोडे। त्यसअघि लोशेक राहुल १८ रनमा आउट भए। मंयक अग्रवालले १८ रननै जोड्दा करुण नइरले २१ बलमा ३१ रन जोडे। उनले ३ चौका र १ छक्का प्रहार गरे।
बलिङतर्फ हैदरावादका भुवनेश्वर कुमार, रसिद खान र सिद्धान्त कौलले १-१ विकेट लिए। रसिद खानले ४ ओभरमा ५५ रन खर्चिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।