सिन्धुपाल्चाेक- भोटेकोशी गाउँपालिका-३ लार्चाका मगर थरका एक युवालाई ठाडोखोलाबाट आएको बाढीले बगाएको छ। भोटेकोशी गाउँपालिकाअनुसार लार्चामा बाढीले चार घर पनि बगाएको छ।
अविरल बर्षाका कारण लार्चामाथिबाट पहिरो र ठाडोखोलामा माटो र लेदो आइरहेकाे छ। भोटेकोशी नदीमा पनि भीषण बाढी आइरहेको छ। माथिबाट पहिरो र तल रहेको नदीमा बाढी आउँदा लार्चाबासी भागेर ज्यान जोगाउन सफल भएका छन्।
जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेले भीषण वर्षा र जताततै बाढी-पहिरो आएपछि सुरुक्षाकर्मी उक्त स्थानमा जान नसकेको जानकारी दिए।
बाढीले भोटेकोशी जलविद्युत् आयोजनामा क्षति पुगेको छ। बाढीका कारण तातोपानी, कोदारी, बोलेपा, पाङशेर्पु नामक गाउँका पाँच सय स्थानीय घर छाडेर सुरक्षित स्थानमा लागेको भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिइन्। बाढीले इलाका प्रहरी कार्यालय बाह्रबिसे चौकी पनि जोखिममा पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।