काठमाडौं-अविरल वर्षापछि गएको पहिरोका कारण मानवीय तथा भौतिक क्षति पुगेका म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिममा उद्धार कार्य अझै हुन सकेको छैन।
मराङ र बिममा हालसम्म ३ जनाको मृत्यु भएको जनाइएको छ। मराङमा २१ तथा बिममा ८ जना बेपत्ता छन्। बिहीबारदेखि परेको अविरल वर्षाका कारण खोलामा आएका बाढीले बगाएर मंगला गाउँपालिका–६ मा १ जना बेपत्ता भएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिए। बाढी पहिरोमा परेर हालसम्म ३० जना बेपत्ता भएको सुवेदीले बताए।
यस्तै, धवलागिरी गाउँपालिका ७ मा २ र रौगंगा गाउँपालिकामा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ।
प्रभावित स्थानमा ३७ घर जोखिममा रहेको सुवेदीले जानकारी दिए। उनले भने, ‘उद्धार टोली प्रभावित स्थानमा पुग्दैछ। हवाई उद्धारका लागि प्रयास भएपनि मौसम अनुकूल छैन।’
प्रभावित स्थानमा पुग्न सदरमुकाम बेनीबाट २५ किलोमिटर सडक पार गरेपछि दुई घन्टा हिड्नुपर्ने बताइएको छ। जिल्लामा निर्माणाधीन जलविद्युत आयोजनामा भने क्षति नपुगेको बताइएको छ।
बेनी–जोमसोम सडक खण्ड भने वर्षाले अवरुद्द् बनेको छ।
यो पनि
म्याग्दीकाे मराङ र बिमको पहिरोमा २९ जना बेपत्ता
म्याग्दीमा पहिरोले घर बगाउँदा आज बिहान सात जना बेपत्ता
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।