काठमाडौं–सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपछि यसबारे निर्णय लिन यातायात व्यवसायीले आज आकस्मिक बैठक बोलाएका छन्। सरकारले लकडाउन क्रमशः खुकुलो बनाउँदै लैजाने योजनाअनुसार आज शुक्रबारदेखि सार्वजनिक यातायात सुचारु गर्ने निर्णय गरेको थियो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै यस विषयमा छलफल गर्न आकस्मिक बैठक आव्हान गरिएको बताए।
बैठक आज दिउँसो महासंघको केन्द्रीय कार्यालयमा बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।