• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सिन्धुपाल्चोक पहिरो : मानवीय र भौतिक क्षति कहाँ, कति?

64x64
नेपाल लाइभ शुक्रबार, असार २६, २०७७  ०७:५७
1140x725

काठमाडौं–सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा भोटेकोसीले मच्चाएको वितण्डाका कारण ठूलो जनधनको क्षति भएको छ। भोटेकोसीमा पानीको अत्याधिक वहाब हुँदा नदी आसपासका बासिन्दा त्रसित छन्।

आज बिहानैदेखि उद्धार थालनी गर्ने भनिए पनि माैसमका कारण सुरु हुन नसकेकाे छैन ।

पछिल्लो विवरण अनुसार याल्मो खोला र बुल्कोट खोलामा माथिबाट आएको पहिरोसहितको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन्। मृत्यु हुनेमा जम्बुका २० वर्षीय निकेश लामा र उनका तीन वर्षीया छोरी छन्। 

बेपता हुनेहरुमा भोटेकोसी गाउँपालिका–४, बुल्कोटका ६२ वर्षीय निमादोर्जे तामाङ, ११ वर्षका पासाङनोर्वु तामाङ, २७ वर्षकी मञ्जु तामाङ र सात वर्षकी साहिल तामाङ छन् । त्यस्तै बाह्रबिसे नगरपालिका–५, जम्बुको बाढीमा बेपत्ता हुनेमा भीमबहादुर वाइबा–७२ वर्ष, चिनीमाया वाइबा–७० वर्ष, लिलामाया वाइबा–२९ वर्ष, पासाङडोल्मा वाइबा–८ वर्ष, निमाडोल्मा वाइबा–२ वर्ष, लक्ष्मण वाइबा–२५ वर्ष, सुनमाला वाइबा–१३ वर्ष, जनकबहादुर थिङ –५५ वर्ष, सविना तामाङ–२८ वर्ष, आकाश तामाङ–४ वर्ष, हिमेश शर्मा–३५ वर्ष (मध्यभोटेकोसी आयोजनाका कर्मचारी),,आकाश केसी–२४ वर्ष  (जाइका परियोजनाका इन्जिनियर), तोकबहादुर तामाङ–५७ वर्ष, सलिना तामाङ–२२ वर्ष, सुवेश तामाङ–२५ वर्ष, युक्तबहादुर तामाङ–५५ वर्ष, माइली तामाङ, नाम र उमेर नखुलेका चिनिया नागरिक एक जना छन् ।

दुवै घटनामा पाँचजना घाइते भएका छन्। भोटेकोसी गाउँपालिका ५ का फूर्वा तामाङ र उनकी १० दिनकी छोरी घाइते भएका छन्। उनीहरु दुवैलाई भोटेकोसी गाउँपालिकाले उद्धार गरी उपचारका लागि काठमाडौं ल्याएको छ । बाह्रबिसे ५ का माधवकृष्ण बस्नेत, सुवेश तामाङ, सविता बस्नेत तामाङ  (मृतकका श्रीमती) र मिङ्मा तामाङ घाइते भएका छन् ।

गम्भीर घाइते भएका सुवेश र सवितालाई उपचारका लागि हेलिकप्टरबाट राजधानीको ह्याम्स अस्पताल ल्याइएको छ। अरु दुईको अवस्था सामान्य रहेको छ। घाइतेको उद्धार गर्न सभामुख अग्नि सापकोटा, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, कांग्रेस नेता विष्णु खत्री र भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल हेलिकप्टर लिएर पुगेका थिए। सोही हेलिकप्टरमा घाइतेलाई अस्पताल ल्याइएको हो। 

यस्तै, बाढी र पहिरोमा परी तीन गाउँका कच्ची र पक्की गरी ३३ घर बगाएको छ ।

सवारी साधनमा पनि क्षति 

Ncell 2
Ncell 2
nimb
nimb

बाह्रविसे–३ कै खागदलमा बाढीले ठूलो भौतिक क्षति पु¥याएको छ। कच्ची र पक्की गरेर ११ वटा घर बगाएको प्रहरीले जनाएको छ। केही घर बगेका छन् भने केही घरमा लेदो माटो भरिएको छ। बाढीले अरनिको राजमार्ग जोड्ने खागदल खोलाको पक्की पुल बगाएको छ। त्यस्तै राजमार्गमा रोकिराखेका एक एक बस, ट्रक, स्कार्पियो र ट्याङ्कर र एक ग्यारेज पनि बगाएको छ।

सडक अवरोध र क्षति

बाह्रबिसे ३ खुर्सानीबारीमा सडक बाढीले कटान गरेको छ। खागदल खोलाले पक्की पुल बगाउँदा आवतजावत ठप्प छ । त्यस्तै जुरेनजिक भोटेकोसीले सय मिटर सडक कटान गरेको छ। झ्यालेखोलाले ३० मिटर बाटो कटान गरेको, चाकु बजार माथिबाट पहिरो आई ३० मिटर बाटो थुनिएको, डाक्लाङमा लाकखोलाले १५ मिटर बाटो कटान गरेको, तीन किलो लिष्टीमा १० मिटर पहिरोले ढुंगामाटो थुप्रिएको गरी धेरै ठाउँका सडकमा कतै कटान, कतै पहिरो र कतै पुल भत्किदा एक ठाउँबाट अर्को ठाउँ जाने सम्पर्क टुटेको छ।

मध्यभोटेकोसी जलविद्युत आयोजनामा क्षति

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जम्बुमा आएको बाढीले निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत आयोजनामा व्यापक क्षति पुर्‍याएको छ । आयोजना प्रमुख सुनील लामाले बाढीले आयोजनालाई अर्बौँको क्षति पुर्‍याएको बताए । ‘बाढीस्थलमा पुग्न सकेका छैनौँ । तर आयोजनामा व्यापक क्षति पुगेको जानकारी पाएका छौँ,’ उनले भने । उनका अनुसार आयोजनाको पावर हाउसमा लेदो भरिएको छ । जम्बुमा रहेका ६ गोदाम पुरिएका छन् । गोदाममा हाइड्रोमेकानिकलका सामाग्री थिए ।

साना दुई गोदाम पूरै बगाएको प्रमुख लामाले बताए । ‘अरु सबै पुरिएका छन् । छानामात्र देख्न सकिन्छ,’ उनले भने । गोदाममा पावर हाउसमा रहने टर्वाइन्, जेनेरेटरलगायत मेशिनरी उपकरणका सामाग्री रहेको उनले जनाए । उनका अनुसार ती सामाग्री केही पुरिएका र केही बाढीसँगै भोटेकोसीमा बगेका छन् । ‘गोदाममा पावर हाउसमा रहने उपकरणका ९० प्रतिशत सामान थिए,’ प्रमुख लामाले भने । चिनियाँ कम्पनी ग्वाङ्सी हाइड्रोले हाइड्रोमेकानिकलको काम गरिरहेको थियो । क्षतिको यकिन विवरण आउन अझै केही दिन लाग्ने आयोजनाले जनाएको छ

प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  ०७:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजको मौसमः कतै सफा, कतै वर्षा र हिमपातको सम्भावना
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
सम्बन्धित सामग्री
आजको मौसमः कतै सफा, कतै वर्षा र हिमपातको सम्भावना आइतबार राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू(भागमा आंशिक बादल लाग्नेछ । आइतबार, कात्तिक ८, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको कोलाहल र... शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा लेख्दै आगामी बुधबारदेखि आइतबारसम्म हुने वर्षाका क्रममा केही स्थानमा २०० मिलिमिटरभन्दा बढी प... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
आजको मौसमः कतै सफा, कतै वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक ८, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्