चौतारा- बुधबार मध्यराति सिन्धुपाल्चोकको बाह्रबिसेको जम्मुमा पहिरो गएसँगै भोटेकोशीमा आएको बाढीमा परी २ जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य १८ जना बेपत्ता भएका छन्।
अहिलेसम्म ६ जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको र ३० परिवारलाई बन्दोबस्तीका सामान पठाइएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। बाढी पीडितका लागि खाद्यन्नको व्यवस्था नगरपालिकाले गर्दै आएको उनले बताए।
बेपत्ता भएका १८ जनाको खोजीकार्य जारी रहेको ढकालले जानकारी दिए। बिहीबार साँझ परिसकेकाले उद्धारकार्यमा समस्या हुने भएकाले शुक्रबार फेरि खोजीकार्य जारी रहने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।