काठमाडौं- सिन्धुपाल्चोकको बाह्रबिसेमा गएको बाढीबाट पुगेको क्षतिप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन्। बिहीबार दिउँसो ट्विट गर्दै उनले दुःख व्यक्त गरेकी हुन्।
‘सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीबाट दुईजनाको मृत्यु र दर्जनौं बेपत्ता भएकोमा मर्माहत भएको छु। बाढीले घर र भौतिक संरचनाहरूमा क्षति पुर्याटएकोमा दुःख लागेको छ‚’ पीडितहरूको उद्धार‚ राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै उनले लेखेकी छन्‚ ‘पीडितहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकायको ध्यान आकृष्ट गर्न चाहन्छु।’
बुधबार मध्यराति सिन्धुपाल्चोकको बाह्रबिसेको जम्मुमा पहिरो गएसँगै भोटेकोशीमा ठूलो बाढी आएको छ। उक्त विपदमा परी २ जनाको घटनास्थलमै ज्यान गएको र अन्य २० जना बेपत्ता भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।