काठमाडौं- नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय गुप्तचर पदाधिकारीले पार्टीका नेता र आफूलाई नभेटेको बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा लेख्दै श्रेष्ठले गुप्तचर नेपाल आएर पार्टीका नेता र आफूलाई नभेटेको भन्दै भारतीय मिडियामा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।
‘भारतीय गुप्तचर पदाधिकारीहरू नेपाल आएको र म लगाएत हाम्रो पार्टी र अन्य पार्टीका विभिन्न नेताहरूलाई भेट गरेको भन्ने एउटा भारतीय अनलाइन मिडियाले प्रचार गरेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, श्रेष्ठले ट्विट लेख्दै भनेका छन्, ‘गुप्तचर आए, नआएको सरकारले स्पष्ट पार्न सक्ला। तर मसगँ भेटेको भन्ने पुरै झुठ हो।’
आफ्नो पार्टी र आफूलाई जोडेर झुठा र अनर्गल समाचार सम्प्रेषण नगर्न श्रेष्ठले चेतावनी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।