चौतारा- बाह्रबीसे बाढीमा परी घाइते भएका चार जनालाई उपचारका लागि काठमाडौै लगिएको छ। बाढीमा परी घाइते भएका सविता बस्नेत र सुवेश तामाङलाई कैलाश एयरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
घाइते फुर्वा तामाङ र अर्का १० दिने शिशुलाई माउन्टेन एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल लगिएको उनले बताए।
साथै बाढीमा परी एक चिनियाँ नागरिकसमेत बेपत्ता भएका छन्। उनी मध्य भोटेकोशी जलविद्युत आयोजनामा कार्यरत थिए। उनको खोजीकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।