काठमाडाैं- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकमा गएकाे बाढीबारे जानकारी लिएका छन्। हेलिकाेप्टरबाट सिन्धुपाल्चाेककाे बाह्रबिसे पुगेका सभामुख सापकाेटाले त्यहाँका स्थानीयसँग घटनाबारे जानकारी लिएका हुन्।
सिन्धुपाल्चोकको बाह्रबिसेमा भोटेकोसी र स्थानीय ठाडो खोलामा गएराति आएको बाढीमा १८ जना बेपत्ता छन् भने २ जनाको शव भेटिएकाे छ। भोटेकोशी नदीमा आएको बाढीले बाह्रबिसे नगरपालिका-५ जम्बुमा बस्ती नै बगाएकाे छ।
सभामुख सापकाेटाले बिहीबार स्थानीयसँग घटनाबारे जानकारी लिएका हुन्। घाइतेहरुकाे उपचार र उद्धारमा कुनै कमी हुन नदिन उनले निर्देशन दिएका छन्। सभामुख सापकाेटासहितकाे टाेली निरीक्षण र उद्धारका लागि घटनास्थल पुगेको हाे। घटनास्थल सभामुख सापकोटाको निर्वाचन क्षेत्र हो।
तस्बिरमा घटनाबारे जानकारी लिँदै सभामुख
तस्बिर: श्रीधर न्याैपाने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।