काठमाडौं–-सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ जम्बुस्थित याल्मो खोलामा आएका बाढीबाट बेपत्ता हुनेहरुको पहिचान भएको छ। उक्त खोलाले करिब ११ वटा घर बगाएको थियो। बेपत्ता भएकामध्ये बाह्रबिसे ५ बस्ने २० वर्षीय निकेश बस्नेत र उनकी डेढ वर्षीया छोरी निउना बस्नेतको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जम्बुबाट बेपत्ता हुनेहरु बाहबिसे ५ बस्ने भीमबहादुर वाईवा, चीनमाया वाइवा, लीलामाया वाईवा, पासाङ डोल्मा वाइवा, निमाडोल्मा वाईवा, लक्ष्मण वाईवा, सुनमाला वाईवा, जनकबहादुर थिङ, सबिना तामाङ, आकास तामाङ, मध्यभोटेकोसी हाईड्रोपावर कम्पनीका सेक्रेटरी हिमेश शर्मा, जाईकाका ईन्जिनियर आकास केसी, बाह्रबिसेका तोकबहादुर तामाङ, सलिनी तामाङ, सुबेश तामाङ र युक्तबहादुर तामाङ छन्।
बाह्रबिसे ५ का जनक बस्नेतका छोरा ४० वर्षीय माधव बस्नेत र भोटेकोसी ५ मार्मिङ बस्ने २२ वर्षीय मिङमार तामाङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। सोही ठाउँ बस्ने ११ वर्षीय सुवेश तामाङ, २० वर्षीया सविता बस्नेत तामाङको अवस्था भने गम्भीर रहेको जनाइएको छ।
यस्तै, भोटेकोसी गाउँपालिका ५ बुलकुटे झ्यालेस्थित अरनिको राजमार्गमा बुलकुटे खोलामा आएको बाढीले सोही स्थान बस्ने निमादोर्जे तामाङ र लाक्पा तामाङको घर बगाएको छ। घर बगाउँदा निमा दोर्जे तामाङ, २७ वर्षीय मन्जु तामाङ, नाती ९ वर्षीय पासाङ नर्वु तामाङ, नातिनी ६ वर्षीया साहिल तामाङ बेपत्ता भएका छन्।
उक्त घटनामा निमा दोर्जे तामाङका छोरा ३० वर्षीय छोरा फुर्वा तामाङ, फुर्वाकी १० दिनकी छोरी घाइते भएका छन्।
यसैगरी, भोटेकोसी ५ झ्यालीभीर झ्यालेखोला ठाडे खोलामा आएको बाढीले अरनिको राजमार्ग अवरुद्ध भएको छ भने बाढीले बलेफी गाउँपालिकाका ५ घर बस्न नमिल्ने गरी कटान गरेको प्रहरीले जनाएको छ।
बाह्रबिसे नगरपालिका ३ खागदलस्थित अरनिको राजमार्गमा रहेको पक्कीपुल खागदल खोलाले बगाएको छ भने एउटा ग्यारेज, स्कार्पियो गाडी, पानी बोक्ने एउटा ट्यांकर, सडक विभागको एउटा ट्रक र बससमेत बगाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ।
बाह्रबिसेमा लक्ष्मण वाइबा, भीमबहादुर वाइबा, जनकबहादुर थिङ, आकाश केसी, तोकबहादुर तामाङ, प्रेमदास श्रेष्ठ, गोपाल बस्नेत, देवी तामाङ, सुवास राउत, कृष्णबहादुर रुम्बा, नितेश बस्नेत र खिलबहादुर अधिकारीका घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बाह्रबिसे जम्बुबाट बेपत्ता हुनेहरु
भीमबहादुर वाईवा
चीनमाया वाइवा
लीलामाया वाईवा
पासाङ डोल्मा वाइवा
निमाडोल्मा वाईवा
लक्ष्मण वाईवा
सुनमाला वाईवा
जनकबहादुर थिङ
सबिना तामाङ
आकास तामाङ
मध्यभोटेकोसी हाईड्रोपावर कम्पनीका सेक्रेटरी हिमेश शर्मा
जाईकाका ईन्जिनियर आकास केसी
तोकबहादुर तामाङ
सलिनी तामाङ
सुबेश तामाङ
युक्तबहादुर तामाङ
भोटेकोसी गाउँपालिका ५ बुलकुटे खोलामा आएको बाढीबाट बेपत्ता हुनेहरु
निमा दोर्जे तामाङ
मन्जु तामाङ
पासाङ नर्वु तामाङ
साहिल तामाङ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।