काठमाडाैं- प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोककाे बाढी पहिराे प्रभावित क्षेत्रमा पुगेका छन्। सभामुख सापकाेटा हेलिकाेप्टरबाट सिन्धुपाल्चाेककाे बाह्रबिसे पुगेका हुन्।
यसअघि बिहानै सभामुखसहितको टोली सिन्धुपाल्चोकतर्फ हेलिकप्टरमा उडे पनि मौसम खराब हुँदा काभ्रेबाट काठमाडौं फर्किएकाे थियाे। माैसममा सुधार भएपछि उनी सिन्धुपाल्चाेक गएका हुन्।
गएराति भोटेकोशी र स्थानीय ठाडो खोलामा आएको भीषण बाढी र पहिराेमा परी करिब २० घर बगाएको छ भने २ जनाको मृत्यु भएको छ। हेलिकोप्टरबाट २ गम्भीर घाइतेलाई काठमाडौं ल्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।