सिन्धुपाल्चाेक- सिन्धुपाल्चाेककाे भोटेकोशी गाउँपालिकाको नयाँपुल नजिकैको झ्यालेस्थित ठाडो खोलामा आएकाे बाढीमा परी एकै परिवारका ४ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा निमादोर्जे लामा, उनकी बुहारी मञ्जु, नातीहरु अन्दाजी वर्ष ६ का सापल र वर्ष ९ का पासाङ रहेको छन्।
बाढीले नयाँपुल र झ्याले भन्ने स्थानको बीचमा रहेको बुलकोटे खोलाको सानोपुल (घट्ट थाप्ने ठाउँ) पनि बगाएको छ। अरनिकाे राजमार्गको बाह्रबिसे तातोपानी खण्डको खागदलदेखि लिपिङसम्मको सडककाे विभिन्न स्थानमा बाढीले क्षति पुर्याएकाे छ। भोटेकोशी गाउँपालिका ५ मा पर्ने उक्त स्थान बन्जीजम्प भन्दा करिब आधा किलाेमिटर तातोपानीतर्फ रहेको छ।
घर बगाएको स्थानबाट भोटेकोशी नदी करिब सय मिटर मात्र तल रहेको छ। वडाध्यक्ष सुब्बा तामाङका अनुसार बेपत्ताको खोजी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।