काठमाडौं– दीर्घकालीन रुपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति बनाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसँग माग गरेका छन्।
सिन्धुपाल्चोक, गुल्मी, बझाङलगायत क्षेत्रमा बाढी तथा पहिरोले क्षति पुर्याएपछि अध्यक्ष प्रचण्डले विकासको मोडलमा ध्यान दिन आग्रह गरेका छन्।
बिभिन्न जिल्लामा भएको मानवीय र धनमालको क्षतिप्रति प्रचण्डले दुःख व्यक्त गरेका छन्। तीनै तहका सरकारसँग समन्वय गरी उद्धार तथा राहतमा सक्रिय हुन पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।