काठमाडाैं- सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढी पहिराेमा परेहरुकाे उद्धारमा खटिन राप्रपाका अध्यक्ष कमल थापाले कार्यकर्तालाई अनुरोध गरेका छन्। थापाले बाढी पहिराेले बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएकाेले उद्धार र राहतकाे व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
‘त्यस क्षेत्रमा तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछु’, उनले ट्विटरमा भनेका छन्, 'पीडित जनताको सेवामा जुट्न राप्रपाका कार्यकर्ताहरुलाई अनुरोध गर्दछु।’
उक्त क्षेत्रमा नेपाली सेना र प्रहरी उद्धारका लागि पुगेको छ। जिल्ला व्यवस्थापन समितिको बैठक पनि बसिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।