सांकेतिक तस्बिर
कैलाली–कैलालीमा हत्या आरोपी युवक प्रहरी थुनाबाट हत्कडीसहित भागेका छन्। हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका ६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर बुधबार राति हत्कडीसहित थुनाबाट भागेका हुन्।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबराले ईलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने बेला हत्कडीसहित भागेको पुष्टि गरे।
उनको खोजीका लागि कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्ट नेतृत्वको टोली परिचालन गरिएको प्रहरी उपरीक्षक जबराले बताए।
ऐर ७५ वर्षीया हजुरआमा पार्वतीदेवीको हत्या आरोपमा बुधबार बिहान पक्राउ परेका थिए। उनलाई ईलाका प्रहरी कार्यालय फल्टुडेले नै पक्राउ गरेको थियो।
उनले मंगलबार दिउँसो फलामको रड र धारिलो हतियार प्रहार गरी हजुरआमाको हत्या गरेको प्रहरीले जनाएको छ। घरको पश्चिमतर्फ अरहरको झारले शव छोपेको अवस्थामा फेला परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।