काठमाडौं–सिन्धुपाल्चोकको बाह्रबिसेमा भोटेकोसी र स्थानीय ठाडो खोलामा आएको बाढीबाट मृत्यु हुने २ जनाको पहिचान भएको छ ।
स्थानीयका अनुसार मृत्यु हुनेमा बाह्रबिसे जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी छन्। उनीहरुको शव स्थानीयले फेला पारेका हुन्।
बाढीले बाह्रबिसे नगर गातिको जम्बु पुलसहित बजार चुर्लुम्मै डुबेको छ।
बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जी शेर्पाका अनुसार बाढीले नगरपालिकाको वडा नम्बर ३ र ५ को बीचमा रहेको पक्की पुलमा समेत क्षति पुर्याएको छ भने त्यहाँ सडकसमेत बगाएको छ। उक्त स्थानमा करिब १२ घर बगाएको समेत उनले जानकारी थिए।
यस्तै, वडा नम्बर ५ र ८ को बीचमा रहेको ठाडो खोलामा आएको बाढीले ८ वटा घर बगाएको जानकारी आएको उनले बताए। त्यहाँ १८ जना बेपत्ता भएको उनले जानकारी दिए।
तस्बिर: सुनील पौडेलको फेसबुकबाट
हेर्नुहोस् भिडियो [अर्जुनुप्रसाद दुलालको फेसबुकबाट]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।