काठमाडौं–सिन्धुपाल्चोकमा बाह्रबिसेमा भोटेकोसी र स्थानीय ठाडो खोलामा आएको भीषण बाढी र पहिराेमा करिब २० घर बगाएको छ भने २ जनाको मृत्यु भएको छ।
बाह्रबिसे नगरपालिकामा मेयर निमफुन्जी शेर्पाका अनुसार बाढीले नगरपालिकाको वडा नम्बर ३ र ५ को बीचमा रहेको पक्की पुलमा समेत क्षति पुर्याएको छ भने त्यहाँ सडकसमेत बगाएको छ। उक्त स्थानमा करिब १२ घर बगाएको समेत उनले जानकारी थिए।
यस्तै, वडा नम्बर ५ र ८ को बीचमा रहेको ठाडो खोलमा आएको बाढीले ८ वटा घर बगाएको जानकारी आएको उनले बताए। त्यहाँ २ जनाको शव भेटिएको र १८ जना बेपत्ता भएको उनले जानकारी दिए।
घटनाबारे सभामुखदेखि प्रमुख जिल्ला अधिकारीसम्मलाई जानकारी दिइएको उनले बताए। यस्तै, सबै जनप्रतिनिधिलाई उद्दारमा खटिन पनि नगरपालिकाले निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।