काठमाडौं–सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बुस्थित एल्मो ठाडो खोलामा आएको भीषण बाढीले १४ घर बगाएको छ।
स्थानीयवासीहरुका अनुसार बाढीमा ११ जना बेपता भएका छन्। तर यसलाई प्रशासनले भने पुष्टि गरिसकेको छैन। जलेटार ब्यारेकमुनिको सडक खोलाले बगाएपछि त्यहाँभन्दा माथिको भौतिक सम्पर्क टुटेको छ। खोलाले बाह्रबिसेमा दुई टहरा बगाएको छ। प्रहरीका अनुसार ड्यामसाइडको भितोसहित बगाएको हुँदा त्यहाँभन्दा माथि जान सक्ने अवस्था छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।