काठमाडौं- भारत सरकारको ३ करोड ५१ लाख रुपैयाँ सहयोगमा मुगु जिल्लाको महादेव मस्त चतुर्वेद क्याम्पसमा शिक्षण भवन निर्माण गरिएको छ। नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत क्याम्पसको प्रशासनिक तथा शैक्षिक भवनको निर्माण गरिएको हो।
भवनको औपचारिक उद्घाटन गाउँ विकास परिषद्, विद्यालय व्यवस्थापन समिति र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रतिनिधिद्वारा बुधबार भिडियो कन्फरेन्स मार्फत गरिएको छ।
सन् २००७ मा स्थापना भएको यस क्याम्पस समुदायिक शैक्षिक संस्था हो। त्रिभुवन विश्वविद्यालयसँग आबद्घ क्याम्पसले चार वर्षे स्नातक तहको पठनपाठन सञ्चालन गरेको छ। हुम्ला र बाजुरा लगायत २४ भन्दा बढी गाविसका विद्यार्थीहरु अध्ययनरत क्याम्पसमा योग्य विद्यार्थीहरुका लागि विविध छात्रवृत्तिको व्यवस्था पनि रहेको छ।
नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।