• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, असार १४, २०८२ Sat, Jun 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
काेराेनाले सुनसान पशुपति, १० करोडभन्दा बढी आर्थिक घाटा
64x64
रासस बुधबार, असार २४, २०७७  १३:३०
1140x725

काठमाडाैं- चान्द्रमासअनुसार असार २२ गते सोमबारदेखि श्रावण कृष्णपक्ष सुरु भएको छ। प्रत्येक वर्ष साउन महिनामा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ। यस वर्ष चान्द्रमासअनुसार साउन महिनाको तेस्रो दिन बित्दासमेत पशुपति क्षेत्र सुनसान छ।

पशुपति क्षेत्रमा शिवका भजन, आराधनाका स्तोत्र घन्किएका छैनन्। कोरोना भाइरसको सङ्क्रमणका कारण चैत ११ गतेदेखि जारी गरिएको बन्दाबन्दीले पशुपति मूल मन्दिरभित्र भक्तजनलाई प्रवेश निषेध गरिएको छ। असार १ गतेदेखि बन्दाबन्दीलाई खुकुलो बनाइए पनि देशभरका प्रमुख मठमन्दिर, शैक्षिक संस्था र सार्वजनिक यातायात अझै बन्द छन्।

अहिलेकै स्वरूपको बन्दाबन्दी पनि सरकारले साउन ७ गतेसम्म जारी रहने घोषणा गरेको छ। अन्य सबै क्षेत्रमा बन्दाबन्दी खुल्नेबित्तिकै पनि पशुपतिमा भक्तजनलाई स्वास्थ्य सुरक्षाका कारण प्रवेश गराउन नसकिने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए। 'असार १ गतेदेखि पशुपतिको मूल मन्दिरभित्र दर्शनार्थीलाई प्रवेश गर्न नदिइए पनि मुख्य मन्दिर बाहिरका भुवनेश्वरी, आर्यघाट, आर्यघाटपारिको क्षेत्रलगायत स्थानमा भक्तजन आउन दिइएको छ, भक्तजनले बाहिरबाटै दर्शन गर्न सक्छन्, अन्य क्षेत्र खुलेको चार-पाँच दिनपछि कम्तीमा दुई मिटरको दूरी कायम गरेर मूल मन्दिरभित्र भक्तजनलाई प्रवेश गराउने गरी कार्यविधि बनाएका छौँ', उनले भने।

मठमन्दिर, चैत्य, गुम्बा, बिहार, मस्जिद, चर्चजस्ता धार्मिकस्थलमा हुने भीडभाडबाट छिटो रोगको सङ्क्रमण फैलने भएकाले सचेतता अपनाइएको कोषले जनाएको छ। मन्दिर खुलिहाले पनि विशेष पूजा भने गराइने छैन। साउन भगवान् शिवकै महिना भएकाले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गराउने भक्तजनको भीड लाग्ने गरेको छ। साउनमा विशेष पूजाबाट कोषलाई करोडौँ आम्दानी हुने गरेको छ।

बोलबम यात्रा प्रभावित
भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महिनामा पवित्र तीर्थको जल ल्याई पशुपतिलगायत शिवालयमा चढाउने गरिन्छ। पशुपतिनाथलाई द्वादश ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्ग अर्थात् महाज्योतिर्लिङ्गका रूपमा विश्वभरका वैदिक सनातन हिन्दू धर्मावलम्बीले पुज्ने भएकाले यहाँ साउन महिनामा बोलबम यात्रा गरी जल अर्पण गर्न दिनमै लाखौँ भक्तजन आउने गर्थे।

Ncell 2
Ncell 2

यस वर्ष कोभिड–१९ को सङ्क्रमणको डरले बोलबम यात्रासमेत प्रभावित हुने भएको छ। गुरु पूर्णिमाको भोलिपल्टदेखि नै दैनिक लाखौँको सङ्ख्यामा बोलबम यात्री आउने पशुपति यस वर्ष महामारीको डरका कारण सुनसान छ।

बोलबम काँवरिया सङ्घ, भोलेनाथ काँवरिया सङ्घलगायत संस्थाले संस्थागतरूपमा गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीमाई मन्दिरमुनिको वाग्मतीबाट स्वच्छ जल ल्याई पशुपतिमा चढाउने कार्यक्रमसमेत निश्चित छैन। जेठदेखि नै बोलबम यात्राको तयारी हुन्थ्यो। उपत्यकाका विभिन्न स्थानमा फ्लेक्समा सूचना जारी गरी भक्तजनलाई बोलबम यात्राका लागि आह्वान गरिन्थ्यो। यस वर्ष उपत्यकामा त्यस्तो देखिएको छैन।

बोलबम यात्रा ठूलो समूहबीच गरिने भएकाले पनि व्यवस्थापन चुनौतीपूर्ण रहेको छ। कोषका कोषाध्यक्ष डा मिलनकुमार थापा कम्तीमा दुई मिटरको दूरी कायम गरेर एकपटकमा बढीमा २० जनाभन्दा धेरै दर्शनार्थी मूल मन्दिरमा प्रवेश गराउन नसकिने बताउँछन्। यसरी पठाइएका भक्तजनलाई पनि पहिलेभन्दा टाढाबाट दर्शन गराइने छ।

'मूल मन्दिरभित्र प्रवेश गर्ने दर्शनार्थीलाई पनि एक स्थानबाट गई अर्को ठाउँबाट फर्कने गरी व्यवस्था मिलाइएको छ, डोरी राखी त्यसभन्दा बाहिर भक्तजन जान नपाउने गरी तयारी गरिएको छ, पशुपति छिर्ने प्रत्येक द्वारमा स्यानिटाइजरको व्यवस्था हुनेछ, थर्मलगनले ज्वरो नापिनेछ, तापक्रम बढी भएकालाई भित्र पठाइने छैन, मास्क नलगाएका दर्शनार्थीलाई पनि प्रवेश गराइने छैन', उनले भने।

चार महिनाको बन्दाबन्दी अवधिमा पशुपति क्षेत्रलाई रु १० करोडभन्दा बढी आर्थिक घाटा लागे पनि भक्तजनको सुरक्षासँग सम्झौता गर्न नसकिने कोषाध्यक्ष थापाले बताए। कोषले मङ्गलबार आयोजना गरेको कार्यक्रममा सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोनाको सङ्क्रमण घट्दै गए जेठ ७ गतेपछि भक्तजनका लागि मूल मन्दिर खोल्न सकिने सङ्केत गरे। त्यसका लागि ‘एसएमएस’ सूत्र अर्थात् सामाजिक दूरी (सोसल डिस्टेन्स), मास्क र स्यानिटाइजरलाई उपयोग गर्न पनि उनले निर्देशन दिए। धार्मिक, आर्थिक गतिविधि चलायमान बनाउन स्वास्थ्य सुरक्षामा खतरा आउन दिनु नहुने सरोकार भएका निकायको सुझाव छ।

बन्दाबन्दीको अवधिमा पनि पशुपतिनाथ मन्दिरमा नित्यरूपमा हुने पूजा आराधनालगायत कर्म भने नियमित भइरहेको कोषले जनाएको छ। साउनको सोमबार सनातन हिन्दू धर्मावलम्बीले व्रत गर्छन्। साउनको सोमबार व्रत गरी देवादिदेव महादेवका पूजा आराधना गरेमा धन नहुनेले धन, विद्याको आकाङ्क्षा राख्नेले विद्या र सन्तानको कामना गर्नेले सन्तान प्राप्त गर्ने धार्मिक विश्वास छ।

प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
जलवायु परिवर्तनको असरः बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै
सम्बन्धित सामग्री
शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो उमेर नपुगेरै विवाह गरी आमा बन्ने किशोरीमा शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पर्दै गएको छ। शुक्रबार, असार १३, २०८२
स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण जिल्ला समन्वय समितिका उपसभापति दिलीप लामाले महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको प्रशंसा गर्दै वडा कार्यालयले गरेको पहल अनुकरणीय र... शुक्रबार, असार १३, २०८२
एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी अर्यालका अनुसार बैठक आज बस्ने भए पनि समय भने निर्धारण भएको छैन । बैठकपछि सम्भवत आजै नतिजा प्रकाशन हुने बताइएको छ । शुक्रबार, असार १३, २०८२
ताजा समाचारसबै
हाल सम्म देशभर १७.२ प्रतिशत मात्रै रोपाइँ सम्पन्न शनिबार, असार १४, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची शनिबार, असार १४, २०८२
आजको मौसमः देशभर बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना शनिबार, असार १४, २०८२
प्रधानमन्त्री ओली आज स्पेन जाँदै शनिबार, असार १४, २०८२
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद शनिबार, असार १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
जापानमा आफ्नो अपार्टमेन्टमा ९ जनालाई मारेर टुक्रा पारेको हत्या अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड शुक्रबार, असार १३, २०८२
१० करोडको चेक बाउन्समा ‘काठमाडौं भ्यू टावर’का ठेकेदार भेटवाल पक्राउ शुक्रबार, असार १३, २०८२
अमेरिकी अड्डाहरूलाई फेरि निशाना बनाउने इरानका सर्वोच्च नेताको धम्की शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्