काठमाडौं–सभामुख अग्निप्रसाद सापकोटाको आज मोतियाबिन्दुको शल्यक्रिया भएको छ। काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा उनको दायाँ आँखाको शल्यक्रिया गरिएको हो। वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले आज बिहान साढे १० बजे सापकोटाको आँखाको शल्यक्रिया गरेको हो।
केही समययता उनको आँखामा समस्या देखिएको थियो। चिकित्सकहरुको सल्लाहमा आज शल्यक्रिया गरिएको हो।
उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्ने गरी सापकोटा आफैंले बेहोरेको सभामुखको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।