काठमाडौं–रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियन भाषा पास गरि रोजगारमा जान नपाएका युवाहरुले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।
इपीएस पास गरेर उडानको प्रतिक्षामा रहेका युवाहरुले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। उडानको प्रतिक्षामा रहेका कामदार पठाउन सरकारसँग उनीहरुको माग छ। सरकारी समन्वयको अभावमा रोजगारी गुम्ने चिन्तासमेत उनीहरुले व्यक्त गरेका छन्।
लकडाउन सुरु भएसँगै सरकारले हवाई सेवा रोकेकाले कामदारहरु रोकिएका हुन्। चार महिनादेखि कामदार जान पाएका छैनन्। भाषा परीक्षा पास गरेर उडानका तालिका आएकासमेत अकस्मात रोकिएका थिए।
तस्बिरहरु : वीरेन्द्र ओली











नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।