नारायणगढ- दाउरा टिप्न जाने क्रममा नारायणी नदीमा डुब्दा एक युवक बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका–१ नारायणगढका २६ वर्षीय युवक प्रकाश परियार नदीमा डुबेर बेपत्ता भएका हुन्।
नारायणी नदी किनारको प्रदर्शनी मैदान नजिकैबाट दाउरा टिप्न जाने क्रममा नदीले बेपत्ता बनाएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ। वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रवीनबाबु रेग्मीका अनुसार मंगलबार दिउँसो साढे ४ बजेको समयमा नदीले बगाएर ल्याएको दाउरा टिप्न जाँदा परियारलाई नदीले बेपत्ता बनाएको हो। परियारको खोजी जारी रहेको रेग्मीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।