काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्स र आयरल्यान्डका नवनियुक्त प्रधानमन्त्रीद्वयलाई बधाई तथा शुभकामना दिएका छन्। मंगलबार प्रधानमन्त्री ओलीले दुवै देशका नवनियुक्त प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिएको परराष्ट्रले मन्त्रालयले बताएको छ।
फ्रान्सका निवर्तमान प्रधानमन्त्री एडुअर्ड फिलिपले राष्ट्रपतिसमक्ष गत शुक्रबार राजीनामा दिएपछि उनको स्थानमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले निजामति कर्मचारीको उच्च अधिकारीका रूपमा काम गरिसकेका जाँ कास्टेक्सलाई नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका थिए।
यसैगरी माइकल मार्टिन पनि केही दिनअघि आयरल्याण्डको प्रधानमन्त्री पदमा नियुक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।