कालीकोट- कालीकोट जिल्लाको तिलागुफा नगरपालिका– ५ खल्लागाउँका २४ घरधुरी पहिराको उच्च जोखिममा परेका छन्। निरन्तर पानी पर्न थालेपछि गाउँमाथिबाट पहिरो खस्न थालेकाले गाउँ नै जोखिममा परेको हो।
निरन्तर पहिरो आउन थालेपछि गाउँ नै जोखिममा परेको किर्डाक कालीकोटका शैक्षिक अधिकृत धनीराम न्यौपानेले बताए। ‘२४ घरधुरीका १२६ परिवार प्रभावित भएका छन्’, उनले भने, ‘तीमध्ये ६२ जना बालबालिका, एक जना वृद्ध र तीन जना अपाङ्गता भएका अतिप्रभावित भएका छन्।’
पहिराका कारणले गाउँमा लगाइएको बालीनाली नष्ट भएको र अहिले गाउँलेलाई सुरक्षित स्थानमा सारिएको स्थानीयवासी दिनेश चदाराले बताए। ‘अहिले गाउँलेलाई सुरक्षित स्थानमा राखिएको छ’, उनले भने, ‘२४ घर भत्किएका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।