म्याड्रिड- स्पेनिस ला लिगामा रियल म्याड्रिड र एथलेटिको बिल्बाओले बराबरी खेल्दै अंक बाँडेका छन्। खेलको अन्त्यतिर रियलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि खेल १-१ गोलको बराबरीमा सकिएको हो।
खेलको १४ मिनेटमा विलियम्सले गोल गर्दै बिल्बाओलाई अग्रता दिलाए। तर खेल सकिन ३ मिनेट बाँकी छदा रोनाल्डोले बराबरी गोल फर्काउँदै रियललाई हारबाट जोगाएका हुन्। रोनाल्डोले ८७ मिनेटमा गोल गर्दा सिजनको ४२ औं गोल गरे। त्यअसघि उनको हेडर क्रसबारमा लागेको थियो। रोनाल्डोले पछिल्ला १६ खेलमा २६ गोल गरिसकेका छन्।
बराबरीसँगै रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १५ अंकले पछि परेको छ। रियल दोस्रो स्थानको एट्लेटिको म्याड्रिड भन्दा ३ अंकले पछि छ। लिगमा शीर्ष स्थानको बार्सिलोनाको ३३ खेलबाट ८३, दोस्रो स्थानको एट्लेटिकोको ३२ खेलबाट ७१ र तेस्रो स्थानको रियलको ३३ खेलबाट ६८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।