काठमाडौं- नेपालमा शुक्रबार २४ घण्टामा चट्याङ र पहिराका घटना बढी भएका छन्। विपद्का २० घटनामध्ये १२ घटना चट्याङका मात्रै छन्।
पर्सामा चार, सर्लाहीमा दुई, रौतहटमा दुई तथा चितवन, प्यूठान, गुल्मी र सप्तरीमा एक/एक गरी १२ स्थानमा चट्याङ गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। चट्याङबाट सर्लाही र सप्तरीमा दुई जनाको मृत्यु भएको छ भने विभिन्न जिल्लामा ११ जना घाइते भएका छन्।
यस्तै गुल्मी र बाग्लुङमा तीन ठाउँमा पहिरो गएको छ। वर्षाका कारण घर भत्किँदा गुल्मीमा १८ महिनाका बालकको मृत्यु भएको छ। एक जना बेपत्ता छन्। यस्तै धादिङ र रसुवामा आगलागीका घटना भएको प्राधिकरणले शुक्रबार जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।