म्यानचेस्टर- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सहज जित दर्ता गराएको छ। म्यानचेस्टरले बुधबार राति भएको खेलमा वर्नमाउथलाई २-० गोलले पराजित गरेको हो।
म्यानचेस्टरको जितमा स्मलिङले २८ र लुकाकुले ७० मिनेटमा गोल गरेका थिए। जितपछि म्यानचेस्टरका प्रशिक्षक जोसे माउरिन्होले शनिबार टोनह्याम विरुद्ध हुने एफए कपको सेमिफाइनलमा आत्मविश्वास बढेको बताए।
खेलमा अघिल्लो खेलमा अंक तालिकाको पुछारमा रहेको वेस्ट ब्रुससँग पराजित हुँदाको टिममा सात परिवर्तन गरिएको थियो। वेस्ट ब्रुमसँग पराजित हुँदा शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीले ५ खेलअघि नै लिगको उपाधि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।