• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

गौतम बुद्ध विमानस्थल २०२० भित्र सञ्चालनमा नआउने, कामकाे फेहरिस्त सार्वजनिक गरे मन्त्री भट्टराईले

64x64
नेपाल लाइभ शुक्रबार, असार १९, २०७७  १४:१४
1140x725

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योकुश कुमार भट्टराईले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२० भित्र सञ्चालनमा नआउने बताएका छन्। मन्त्री भट्टराईले विमानस्थल निर्माणको काममा कोभिड– १९ ले प्रभाव पारेको बताउँदै निर्माण सम्पन्न हुने सयम पनि थप गरेको जानकारी दिए।

मन्त्रालयमा कोभिड– १९ सँगै सुरु भएको लकडाउनको अवधिमा मन्त्रालयले गरेको कामको फेहरिस्त सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। ‘लकडाउन नभएको भए अहिलेसम्म विमानस्थलबाट व्यवसायिक उडानसमेत भइसक्थ्यो,’ मन्त्री भट्टराईले भने, ‘अब सन् २०२० को डिसेम्मबरसम्म निर्माणकाे काम सक्ने र काम सकिएको ३ महिनाभित्र विमानस्थल सञ्चालन गर्ने तयारीमा छौं।’ अहिले विमानस्थल निर्माणमा ९१ प्रतिशत काम सम्पन्न भइसकेको  समेत उनको भनाइ छ।

‘विमानस्थलमा उपकरण जडानको काम बाँकी रहेको छ,’ मन्त्री भट्टराईले भने, ‘उपकरण विदेशमै रोकिएको छ याे नआउँदासम्म काम हुने अवस्था पनि छैन।’ चालु आर्थिक वर्षको बजेटमा सरकारले यसै आवमा विमानस्थल सञ्चालन गर्ने उद्घोष गरेको थियो। तर, कोभिड– १९ का कारण विमानस्थलको काम प्रभावित भएको हाे। विमानस्थल निर्माण सम्मपन्न गर्नुपर्ने समय सन् २०२० मार्चसम्म भएपनि अहिले समय थप गरेर सन् २०२० को डिसेम्बर २० सम्म पुर्‍याइएकाे उनले जानकारी दिए।

यो आयोजना सन् २०१५ मा सुरु भई सन् २०१७ को डिसेम्बरमा सम्पन्न हुने अपेक्षा गरिएकोमा उक्त अवधिभित्र निर्माण सम्पन्न हुन नसकेको हुँदा संशोधित कार्यतालिकाअनुसार ३१ मार्च २०२० मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। उक्त समयमा पनि निर्माण सम्पन्न नभएपछि पुनः समय थप भएको हाे। यो आयोजनाको कूल लागत ३० अर्बभन्दा बढी भइसकेको छ।

दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजना अन्तर्गत रहेको यो विमानस्थल निर्माणमा एसियाली विकास बैंक एडिबीको सहयोग छ। यो परियोजना कूल ८५.५५७ मिलियन डलरको हो। प्राधिकरणले चिनियाँ कम्पनीसँग आइसिबी– १ का लागि ७८.३ मिलियन डलरमा सन् २०१४ नोभेम्बर १३ मा सम्झौता गरेको थियो। विमानस्थल निर्माणमा चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले गरिरहेको छ। लकडाउनको अवधिमा पनि विमानस्थलमा फिनिसिङको काम भने भइरहेको छ।

यस्तो छ मन्त्री भट्टराईकाे लकडाउनमा गरेको कामको फेहरिस्त
उद्धार तथा सहजीकरण:
– चैत्र ११ गतेदेखि देशभर लकडाउन भएको कारण नेपालभित्र अलपत्र परेका विदेशीहरुलाई मुलुकका विभिन्न क्षेत्रबाट काठमाडौं ल्याउने र सम्बन्धित देशको दूतावाससँगको समन्वयमा विदेशमा पठाउने कार्यमा नेपाल पर्यटन बोर्डमार्फत समन्वय गर्ने कार्य सम्पन्न।
– यस अवधिमा ६ सय ११  जना विदेशी पर्यटक (हेलीकाेप्टरबाट ३५ जना र जहाजबाट ५ सय ७६ जना) र ३ सय ३९  जना नेपाली (हेलीकाेप्टरबाट ५१ र जहाजबाट २ सय ८८) सहित जम्मा ९ सय ५० जना पर्यटकको उद्धार गरिएको छ।
– लकडाउनको अवधिमा ८ सय ७९  जना विदेशी नागरिकलाई सडक यातायातबाट उद्धार गरिएको।
– स्वास्थ्य सामग्री अभाव भएको तत्कालीन अवस्थामा विशेष हवाई ढुवानीको व्यवस्था मिलाई चीनलगायतका देशबाट तत्काल सामाग्री आयात गर्न समन्वय गरिएको।
– १० जुन २०१९ देखि विदेशबाट नेपालीहरुलाई उद्वार गरी ल्याउने कार्य भएको। आगामी जुलाई १० सम्म उद्धार कार्य जारी रहने गरी नेपाल फिर्ता ल्याउने तालिका प्रकाशन गरी काम गरिएको।
– विदेशबाट उद्धार गरी हवाई माध्यमबाट नेपाल ल्याइएका नेपाली नागरिकहरूलाई स्वास्थ्य सम्बन्धी प्रोटोकल बमोजिम होटल व्यवसायीहरुसँगको सहकार्यमा देशका विभिन्न स्थानका होटलहरूलाई क्वारेन्टाइनन स्थलमा राख्ने कार्यमा सहजीकरण गरिएको।
– होटल तालिममा इन्टर्नमा रहेका ११४ जना नेपाली विद्यार्थीलाई यूएईबाट उद्धार गरिएको।

पर्यटन क्षेत्र तथा हवाईको नोक्सानी तथा पुनरूत्थान कार्यक्रम: 
पर्यटन तथा हवाई क्षेत्रको नोक्सानी अध्ययन गर्न नेपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अध्ययन कमिटी गठन भएकाे थियाे। समितिको प्रतिवेदनअनुसार प्रति महिना सरदर १० अर्बकाे कारोबार मूल्यको प्रत्यक्ष क्षति भएको अनुमान गरिएको छ।

यस हिसाबले चैत्र ११ गतेदेखि अहिलेसम्म आई पुग्दा ३४ अर्बकाे नोक्सान भएको छ र  साउन ७ गतेसम्म थप ७ अर्ब नोक्सानी बढ्ने मन्त्रालयकाे अनुमान छ।

Ncell 2
Ncell 2
nimb
nimb

– पर्यटन तथा हवाई क्षेत्रमा भएको नोक्सानीको विवरण बनाई बजेटको नीति तथा कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयमा पठाएको। नोक्सान अध्ययन गर्न राष्ट्रिय योजना आयोगमा गठित समितिलाई विवरण उपलव्ध गराएको।
– नेपाल सरकारको बजेट तथा कार्यक्रममार्फत पर्यटन क्षेत्रका कर्मचारी तथा पुनर्कर्जाका लागि पाँच प्रतिशत व्याज दरमा कोषबाट ऋण दिने व्यवस्था भएको। 
– होटलको लागि भ्याट दाखिला गर्ने समयावधि २ महिनाबाट बढाएर चार महिना पुर्‍याएकाे।
– हवाई जहाज पार्किंग शुल्कमा ७५ प्रतिशत बहाल आयमा छुट र इजाजत तथा नवीकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन नेपाल सरकारसमक्ष सिफारिस गरेको।
– प्राधिकरण तथा नेपाल पर्यटन बोर्डलाई तिर्ने रकमको अवधि बढाइएको र सो अवधिमा रकम नबुझाएमा लाग्ने थप दस्तुर वा जरिवाना मिनाह गरेको। 
– लकडाउन अवधिमा लाग्ने डिमरेज चार्ज छुट दिएको।
– बजेटबाट पुनरुत्थानको कार्यक्रम र दिगो पर्यटन विकासका अवधारणामा काम गर्न रु २० करोडको बजेट व्यवस्था गरिएको।
– होटल रेष्टुरेण्ट तथा पर्यटन क्षेत्रका विभिन्न निकायमा व्यावसाय सुचारू गर्दा अपनाउने स्वास्थ्य सुरक्षा प्रोटोकल जारी गरिएको।
– वायुसेवा कम्पनीले लकडाउनका कारण उडान हुन नसकी रद्द गरेका टिकटको रकम फिर्ता गरिदिन नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत सहजीकरण गरेको।

नीतिगत सुधारका कार्यहरु
– प्रतिलिपि अधिकार ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभामा पेश गरिएको।
– अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभामा पेश गरिएको।
– नयाँ पर्यटन विधेयक, २०७७ को मस्यौदामा मन्त्रालयगत सहमति लिई कानुन मन्त्रालयमा परिमार्जन तथा राय/सहमतिका लागि पठाइएको।
– नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७७ तथा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७७ लाई मन्त्रिपरिषद्को स्वीकृति पश्चात राष्ट्रियसभामा पेश गरी विधायन समितिमा दफावार छलफल पुरा गरी प्रतिवेदन तयार गरिएको।
– प्राचिन स्मारक संरक्षण ऐनको संसोधन प्रस्तावमा कानुन मन्त्रालयमा परिमार्जन तथा राय/सहमतिको लागि पठाइएको। 

रोजगारी सिर्जना:
– तत्कालै रोजगारी सिर्जना गर्न सकिने क्षेत्रहरु पहिचान गरी ३० दिनको लागि करिब ४ हजार रोजगारी सिर्जना हुने गरी लकडाउन अवधि तथा सो पश्चात तत्कालै कार्यान्वयन सकिने कार्ययोजना निर्माण गरिएको।

नागरिक उड्डयन क्षेत्र
– कोभिड- १९ को जोखिम न्यूनिकरण गरी सुरक्षित हवाई सेवा सञ्चालन सम्बन्धी प्रोटोकल स्वीकृत भएको।
– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका प्रमुख विमानस्थलहरूमा निश्चित दूरी कायम गरी सञ्चालन तयारीको लागि मार्किङ सहितका सुरक्षात्मक उपायहरुको प्रबन्ध गरिएको। 
– गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यस अवधिमा थप ३ प्रतिशत भौतिक प्रगति भई जम्मा ९१ प्रतिशत प्रगति भएको।
– निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा तटबन्ध कार्य।
– जुरिच अन्तर्राष्ट्रिय विमानस्थललाई व्यावसायिक प्रस्ताव दिने म्याद सेप्टेम्बर २०२० सम्म थप गरी अन्तिम पटक म्याद बढाइएको।
– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यस अवधिमा थप ९ प्रतिशत भौतिक प्रगति भई जम्मा ५९ प्रतिशत प्रगति भएको।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति तथा विस्तारमा थप २ वटा वाइडबडी जहाज पार्किङ गर्न मिल्नेगरी एप्रोन निर्माण सम्पन्न भएको। हाल ५ वटा वाइडबडी स्तरको जहाज पार्किङ गर्न सकिने।
– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दक्षिणतर्फ थप ३०० मिटर धावनमार्ग र ३०० मिटर रनवे निर्माण सम्पन्न भएको।  
– अन्तर्राष्ट्रिय प्रस्थानतर्फ टर्मिनल भवन (स्टेरलाइज्ड हल) नयाँ निर्माण सम्पन्न भई संचालनमा आएको।
– अन्तर्राष्ट्रियतर्फ प्रस्थान कक्षको टिकेटिंगतर्फ एक्सरे र ब्यागेज ह्याण्डलिंग बेल्ट राख्ने कार्य सम्पन्न भएको।
– आगमन कक्षतर्फ नयाँ आगमन कक्षको निर्माण सम्पन्न भएको छ र केही प्राविधिक विषय पुरा गरेपछि संचालनमा ल्याइने छ।
– समानान्तर ट्याक्सी वे निर्माणका लागि एशियाली विकास बैंकसँगको सम्झौतालाई अन्तिम रूप दिइएको छ। 
– उत्तरतर्फ पार्किंग क्षेत्र विस्तारको ठेक्का लगाउने कार्य सम्पन्न भएको छ।

पदमार्ग निर्माण:
– पर्यटन पूर्वाधारतर्फ  खारे —सोतली— च्छो— रोल्पा: १२ किमि।
– कंचनजङ्का वेश क्याम्प : ११ किमि।
– मकालु हिमाल वेश क्याम्प :  ७ किमि।
– ढोरपाटन—रुकुम—डोल्पा बोर्डर (यार्सा ट्रेल) : ५ किमि।  
– विश्रामस्थल सहित माईपोखरीदेखि सन्दकपुर सम्म जाने पदमार्ग : ३ किमि।
–  विश्रामस्थलसहित गण्डकी प्रदेशको पञ्चासे क्षेत्रमा पदमार्ग : ३ किमि।

लकडाउनमा पर्यटन मन्त्रालयले गरेका प्रमुख कार्य

प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  १४:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना
फ्रान्सका विभिन्न शहरमा हिंसा भड्केपछि कर्फू
एनपीएलको तेस्रो संस्करणः दर्शकमा क्रेज बढेसँगै प्याराफिटमा सिट थप्ने तरखर
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना मंगलबार, कात्तिक ३, २०८३
फ्रान्सका विभिन्न शहरमा हिंसा भड्केपछि कर्फू मंगलबार, कात्तिक ३, २०८३
एनपीएलको तेस्रो संस्करणः दर्शकमा क्रेज बढेसँगै प्याराफिटमा सिट थप्ने तरखर मंगलबार, कात्तिक ३, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्