• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २, २०८३ Sat, May 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

गौतम बुद्ध विमानस्थल २०२० भित्र सञ्चालनमा नआउने, कामकाे फेहरिस्त सार्वजनिक गरे मन्त्री भट्टराईले

64x64
नेपाल लाइभ शुक्रबार, असार १९, २०७७  १४:१४
1140x725

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योकुश कुमार भट्टराईले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२० भित्र सञ्चालनमा नआउने बताएका छन्। मन्त्री भट्टराईले विमानस्थल निर्माणको काममा कोभिड– १९ ले प्रभाव पारेको बताउँदै निर्माण सम्पन्न हुने सयम पनि थप गरेको जानकारी दिए।

मन्त्रालयमा कोभिड– १९ सँगै सुरु भएको लकडाउनको अवधिमा मन्त्रालयले गरेको कामको फेहरिस्त सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। ‘लकडाउन नभएको भए अहिलेसम्म विमानस्थलबाट व्यवसायिक उडानसमेत भइसक्थ्यो,’ मन्त्री भट्टराईले भने, ‘अब सन् २०२० को डिसेम्मबरसम्म निर्माणकाे काम सक्ने र काम सकिएको ३ महिनाभित्र विमानस्थल सञ्चालन गर्ने तयारीमा छौं।’ अहिले विमानस्थल निर्माणमा ९१ प्रतिशत काम सम्पन्न भइसकेको  समेत उनको भनाइ छ।

‘विमानस्थलमा उपकरण जडानको काम बाँकी रहेको छ,’ मन्त्री भट्टराईले भने, ‘उपकरण विदेशमै रोकिएको छ याे नआउँदासम्म काम हुने अवस्था पनि छैन।’ चालु आर्थिक वर्षको बजेटमा सरकारले यसै आवमा विमानस्थल सञ्चालन गर्ने उद्घोष गरेको थियो। तर, कोभिड– १९ का कारण विमानस्थलको काम प्रभावित भएको हाे। विमानस्थल निर्माण सम्मपन्न गर्नुपर्ने समय सन् २०२० मार्चसम्म भएपनि अहिले समय थप गरेर सन् २०२० को डिसेम्बर २० सम्म पुर्‍याइएकाे उनले जानकारी दिए।

यो आयोजना सन् २०१५ मा सुरु भई सन् २०१७ को डिसेम्बरमा सम्पन्न हुने अपेक्षा गरिएकोमा उक्त अवधिभित्र निर्माण सम्पन्न हुन नसकेको हुँदा संशोधित कार्यतालिकाअनुसार ३१ मार्च २०२० मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। उक्त समयमा पनि निर्माण सम्पन्न नभएपछि पुनः समय थप भएको हाे। यो आयोजनाको कूल लागत ३० अर्बभन्दा बढी भइसकेको छ।

दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजना अन्तर्गत रहेको यो विमानस्थल निर्माणमा एसियाली विकास बैंक एडिबीको सहयोग छ। यो परियोजना कूल ८५.५५७ मिलियन डलरको हो। प्राधिकरणले चिनियाँ कम्पनीसँग आइसिबी– १ का लागि ७८.३ मिलियन डलरमा सन् २०१४ नोभेम्बर १३ मा सम्झौता गरेको थियो। विमानस्थल निर्माणमा चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले गरिरहेको छ। लकडाउनको अवधिमा पनि विमानस्थलमा फिनिसिङको काम भने भइरहेको छ।

यस्तो छ मन्त्री भट्टराईकाे लकडाउनमा गरेको कामको फेहरिस्त
उद्धार तथा सहजीकरण:
– चैत्र ११ गतेदेखि देशभर लकडाउन भएको कारण नेपालभित्र अलपत्र परेका विदेशीहरुलाई मुलुकका विभिन्न क्षेत्रबाट काठमाडौं ल्याउने र सम्बन्धित देशको दूतावाससँगको समन्वयमा विदेशमा पठाउने कार्यमा नेपाल पर्यटन बोर्डमार्फत समन्वय गर्ने कार्य सम्पन्न।
– यस अवधिमा ६ सय ११  जना विदेशी पर्यटक (हेलीकाेप्टरबाट ३५ जना र जहाजबाट ५ सय ७६ जना) र ३ सय ३९  जना नेपाली (हेलीकाेप्टरबाट ५१ र जहाजबाट २ सय ८८) सहित जम्मा ९ सय ५० जना पर्यटकको उद्धार गरिएको छ।
– लकडाउनको अवधिमा ८ सय ७९  जना विदेशी नागरिकलाई सडक यातायातबाट उद्धार गरिएको।
– स्वास्थ्य सामग्री अभाव भएको तत्कालीन अवस्थामा विशेष हवाई ढुवानीको व्यवस्था मिलाई चीनलगायतका देशबाट तत्काल सामाग्री आयात गर्न समन्वय गरिएको।
– १० जुन २०१९ देखि विदेशबाट नेपालीहरुलाई उद्वार गरी ल्याउने कार्य भएको। आगामी जुलाई १० सम्म उद्धार कार्य जारी रहने गरी नेपाल फिर्ता ल्याउने तालिका प्रकाशन गरी काम गरिएको।
– विदेशबाट उद्धार गरी हवाई माध्यमबाट नेपाल ल्याइएका नेपाली नागरिकहरूलाई स्वास्थ्य सम्बन्धी प्रोटोकल बमोजिम होटल व्यवसायीहरुसँगको सहकार्यमा देशका विभिन्न स्थानका होटलहरूलाई क्वारेन्टाइनन स्थलमा राख्ने कार्यमा सहजीकरण गरिएको।
– होटल तालिममा इन्टर्नमा रहेका ११४ जना नेपाली विद्यार्थीलाई यूएईबाट उद्धार गरिएको।

पर्यटन क्षेत्र तथा हवाईको नोक्सानी तथा पुनरूत्थान कार्यक्रम: 
पर्यटन तथा हवाई क्षेत्रको नोक्सानी अध्ययन गर्न नेपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अध्ययन कमिटी गठन भएकाे थियाे। समितिको प्रतिवेदनअनुसार प्रति महिना सरदर १० अर्बकाे कारोबार मूल्यको प्रत्यक्ष क्षति भएको अनुमान गरिएको छ।

यस हिसाबले चैत्र ११ गतेदेखि अहिलेसम्म आई पुग्दा ३४ अर्बकाे नोक्सान भएको छ र  साउन ७ गतेसम्म थप ७ अर्ब नोक्सानी बढ्ने मन्त्रालयकाे अनुमान छ।

nimb
nimb
Ncell 2
Ncell 2

– पर्यटन तथा हवाई क्षेत्रमा भएको नोक्सानीको विवरण बनाई बजेटको नीति तथा कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयमा पठाएको। नोक्सान अध्ययन गर्न राष्ट्रिय योजना आयोगमा गठित समितिलाई विवरण उपलव्ध गराएको।
– नेपाल सरकारको बजेट तथा कार्यक्रममार्फत पर्यटन क्षेत्रका कर्मचारी तथा पुनर्कर्जाका लागि पाँच प्रतिशत व्याज दरमा कोषबाट ऋण दिने व्यवस्था भएको। 
– होटलको लागि भ्याट दाखिला गर्ने समयावधि २ महिनाबाट बढाएर चार महिना पुर्‍याएकाे।
– हवाई जहाज पार्किंग शुल्कमा ७५ प्रतिशत बहाल आयमा छुट र इजाजत तथा नवीकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन नेपाल सरकारसमक्ष सिफारिस गरेको।
– प्राधिकरण तथा नेपाल पर्यटन बोर्डलाई तिर्ने रकमको अवधि बढाइएको र सो अवधिमा रकम नबुझाएमा लाग्ने थप दस्तुर वा जरिवाना मिनाह गरेको। 
– लकडाउन अवधिमा लाग्ने डिमरेज चार्ज छुट दिएको।
– बजेटबाट पुनरुत्थानको कार्यक्रम र दिगो पर्यटन विकासका अवधारणामा काम गर्न रु २० करोडको बजेट व्यवस्था गरिएको।
– होटल रेष्टुरेण्ट तथा पर्यटन क्षेत्रका विभिन्न निकायमा व्यावसाय सुचारू गर्दा अपनाउने स्वास्थ्य सुरक्षा प्रोटोकल जारी गरिएको।
– वायुसेवा कम्पनीले लकडाउनका कारण उडान हुन नसकी रद्द गरेका टिकटको रकम फिर्ता गरिदिन नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत सहजीकरण गरेको।

नीतिगत सुधारका कार्यहरु
– प्रतिलिपि अधिकार ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभामा पेश गरिएको।
– अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभामा पेश गरिएको।
– नयाँ पर्यटन विधेयक, २०७७ को मस्यौदामा मन्त्रालयगत सहमति लिई कानुन मन्त्रालयमा परिमार्जन तथा राय/सहमतिका लागि पठाइएको।
– नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७७ तथा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७७ लाई मन्त्रिपरिषद्को स्वीकृति पश्चात राष्ट्रियसभामा पेश गरी विधायन समितिमा दफावार छलफल पुरा गरी प्रतिवेदन तयार गरिएको।
– प्राचिन स्मारक संरक्षण ऐनको संसोधन प्रस्तावमा कानुन मन्त्रालयमा परिमार्जन तथा राय/सहमतिको लागि पठाइएको। 

रोजगारी सिर्जना:
– तत्कालै रोजगारी सिर्जना गर्न सकिने क्षेत्रहरु पहिचान गरी ३० दिनको लागि करिब ४ हजार रोजगारी सिर्जना हुने गरी लकडाउन अवधि तथा सो पश्चात तत्कालै कार्यान्वयन सकिने कार्ययोजना निर्माण गरिएको।

नागरिक उड्डयन क्षेत्र
– कोभिड- १९ को जोखिम न्यूनिकरण गरी सुरक्षित हवाई सेवा सञ्चालन सम्बन्धी प्रोटोकल स्वीकृत भएको।
– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका प्रमुख विमानस्थलहरूमा निश्चित दूरी कायम गरी सञ्चालन तयारीको लागि मार्किङ सहितका सुरक्षात्मक उपायहरुको प्रबन्ध गरिएको। 
– गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यस अवधिमा थप ३ प्रतिशत भौतिक प्रगति भई जम्मा ९१ प्रतिशत प्रगति भएको।
– निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा तटबन्ध कार्य।
– जुरिच अन्तर्राष्ट्रिय विमानस्थललाई व्यावसायिक प्रस्ताव दिने म्याद सेप्टेम्बर २०२० सम्म थप गरी अन्तिम पटक म्याद बढाइएको।
– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यस अवधिमा थप ९ प्रतिशत भौतिक प्रगति भई जम्मा ५९ प्रतिशत प्रगति भएको।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति तथा विस्तारमा थप २ वटा वाइडबडी जहाज पार्किङ गर्न मिल्नेगरी एप्रोन निर्माण सम्पन्न भएको। हाल ५ वटा वाइडबडी स्तरको जहाज पार्किङ गर्न सकिने।
– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दक्षिणतर्फ थप ३०० मिटर धावनमार्ग र ३०० मिटर रनवे निर्माण सम्पन्न भएको।  
– अन्तर्राष्ट्रिय प्रस्थानतर्फ टर्मिनल भवन (स्टेरलाइज्ड हल) नयाँ निर्माण सम्पन्न भई संचालनमा आएको।
– अन्तर्राष्ट्रियतर्फ प्रस्थान कक्षको टिकेटिंगतर्फ एक्सरे र ब्यागेज ह्याण्डलिंग बेल्ट राख्ने कार्य सम्पन्न भएको।
– आगमन कक्षतर्फ नयाँ आगमन कक्षको निर्माण सम्पन्न भएको छ र केही प्राविधिक विषय पुरा गरेपछि संचालनमा ल्याइने छ।
– समानान्तर ट्याक्सी वे निर्माणका लागि एशियाली विकास बैंकसँगको सम्झौतालाई अन्तिम रूप दिइएको छ। 
– उत्तरतर्फ पार्किंग क्षेत्र विस्तारको ठेक्का लगाउने कार्य सम्पन्न भएको छ।

पदमार्ग निर्माण:
– पर्यटन पूर्वाधारतर्फ  खारे —सोतली— च्छो— रोल्पा: १२ किमि।
– कंचनजङ्का वेश क्याम्प : ११ किमि।
– मकालु हिमाल वेश क्याम्प :  ७ किमि।
– ढोरपाटन—रुकुम—डोल्पा बोर्डर (यार्सा ट्रेल) : ५ किमि।  
– विश्रामस्थल सहित माईपोखरीदेखि सन्दकपुर सम्म जाने पदमार्ग : ३ किमि।
–  विश्रामस्थलसहित गण्डकी प्रदेशको पञ्चासे क्षेत्रमा पदमार्ग : ३ किमि।

लकडाउनमा पर्यटन मन्त्रालयले गरेका प्रमुख कार्य

प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  १४:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो
कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
सम्बन्धित सामग्री
टर्किस एयरको विमानमा आगलागी : २७७ यात्रु, सबै सुरक्षित उनका अनुसार यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । सो विमानमा चार बच्चासहित २७७ यात्रु थिए । विमानमा आगो लागेपछि उद्... सोमबार, वैशाख २८, २०८३
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो । शनिबार, वैशाख ५, २०८३
११ महिनामा करिब ५ हजार पर्यटकले गरे फोक्सुण्डो तालको भ्रमण शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार यो अवधिमा ४ हजार ३६२ जना नेपाली, ५५ जना सार्क मुलुकका तथा ४६५ जना अन्य विदेशी पर्य... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो शुक्रबार, जेठ १, २०८३
कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत शुक्रबार, जेठ १, २०८३
उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार, जेठ १, २०८३
‘कृषि नीतिमा ‘पोलिसी डिपार्चर’ आवश्यक’ : कृषि मन्त्री चौधरी शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे बिहीबार, वैशाख ३१, २०८३
अनुसन्धान विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्