जयपुर- कोलकता नाइटराइडर्स आइपिएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। बुधबार जयपुरमा भएको खेलमा घरेलु टिम राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै कोलकता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
कोलकताले ५ खेलबाट ६ अंक बटुलेको छ। दोस्रो स्थानको हैदरावादको ३ खेलबाट ६ अंक नै छ। पञ्जाव, चेन्नई र राजस्थानले समान ४-४ अंक जोडेका छन्।
बुधबार राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य कोलकताले ७ बल बाँकी छदा ३ विकेटको क्षतिमा पार गर्यो। कोलकताका लगि कप्तान दिनेश कार्तिकले २३ बलमा नटआउट ४२ र नितिश रानाले २७ बलमा नटआउट ३५ रन जोडे। सुनिल नारिनले २५ बलमा ३५ रन जोड्दा रोबिन उथप्पाले ३६ बलमा ६ चौका र २ छक्काको मद्दतले ४८ रन जोडे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६० रन जोड्यो। राजस्थानका लागि डिआर्की सर्टले ४४ र कप्तान अजिन्का राहाणेले ३६ रन जोडे। जोस बटलरले १८ बलमा नटआउट २४ रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेख्य रन बटुल्न सकेनन्।
बलिङतर्फ कोलकताका नितिश राना र टम कुरानले २-२ विकेट लिए। पियुस चावला, कुलदिप यादव र शिवम माविले समान १-१ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।