• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नायब सुब्बाहरूमाथि अत्याचार किन ?

ध्रुवराज भट्टराई बिहीबार, असार १८, २०७७  १३:१८
1140x725

प्रस्तावित संघीय निजामती सेवा ऐन राज्य व्यवस्था समितिबाट पास भएपछि सम्पूर्ण कर्मचारी संयन्त्र तरंगित भएको छ। निजामती क्षेत्र आन्दोलित छ। प्रस्तावित व्यवस्थाबमोजिम नै पास भएमा यसले निजामतीका योग्यता प्रणालीसहितका क्षेत्रमा निर्मम प्रहार गर्ने छ।

नयाँ संविधान जारी भई नयाँ परिस्थितिमा बनेको संघीय निजामती ऐन वैज्ञानिक, वस्तुनिष्ठ, परिवर्तनलाई आत्मसात गर्ने र कर्मचारीको मनोबल उच्च बनाउँदै समृद्धितिर देशलाई लैजानुपर्ने तथा आशाको सञ्चार गराउनुपर्ने खालको हुनुपर्नेमा त्यसविपरीत आउनु दुर्भाग्यपूर्ण छ। 

प्रस्तावित ऐनले सबैभन्दा बढी प्रहार नायब सुब्बाहरुलाई गरेको छ। अत्यन्तै पूर्वाग्रही, अन्यायपूर्ण र अमानवीय छ। जीवनभरि एउटै पदमा जागिर खाएर घर पठाउने नियत राखिएको छ। नायब सुब्बा पदमा प्रवेश गरेको व्यक्ति सोही तहबाटै घर फर्कनुपर्ने अवस्था सिर्जना गरिएको छ। यो समस्या यसअघि पनि थियो। सो समस्या समाधान गर्न पहल र अनुरोध गर्दैगर्दा झन् पछाडि फर्कने गरी प्रतिवेदन आउनु दुर्भाग्यपूर्ण छ। समाधानमुखी ऐन आउनुपर्नेमा समस्या झन् बल्झाउनु अत्यन्त दुःखद छ।

पदपूर्ति सम्बन्धमा गरिएको व्यवस्थामा राजपत्र अनंकित प्रथम श्रेणीबाट राजपत्रांकित तृतीय श्रेणीमा २० प्रतिशत बढुवाको व्यवस्था गरिनु कुनै पनि दृष्टिले न्यायोचित छैन। यसअघि नै विना कुनै आधार आन्तरिक प्रतिस्पर्धाबाट हुने बढुवाको प्रावधान हटाइयो जुन ब्लन्डर थियो। यो सबैले स्वीकार गरेकै विषय हो। 

आन्तरिक प्रतिस्पर्धाको व्यवस्था नहुनु, खुला प्रतिस्पर्धामा ४० वर्ष पुरा भएपछि भाग लिन नपाइने प्रावधान राखिनु र खुलाबाट प्रवेश गरिसकेपछि यसअघिको योगदानको अवधि गणना नगर्ने प्रावधानले ठूलो संख्याका नायब सुब्बामाथि अत्यन्त निर्मम ढंगले प्रहार गरिएको छ। यो आफैंमा अत्याचारपूर्ण छ। यी प्रावधानहरु श्रम तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौताका सर्वस्वीकार्य सिद्धान्तका बर्खिलाप छन्। 

निजामती सेवामा वर्षौ योगदान गर्ने नायब सुब्बाहरु बढुवाका लागि कुनै पनि दृष्टिले अयोग्य छैनन्। खुला परीक्षाबाट आएका शाखा अधिकृतहरुभन्दा उनीहरुले काम, शैली, व्यवहार, नेतृत्व क्षमता परिपक्व र व्यवहारिक रहेको देखिएको छ। यो कुनै लुकेको कुरा होइन।

शाखा अधिकृतको परीक्षा पास नगर्दैमा उनीहरु अक्षम हुँदैनन्। सेवामा रहँदाको कामको बोझ, विभिन्न स्थानमा गएर काम गर्नु पर्दाको पढ्ने वातावारण नुहुनु र क्षमतावान नै भए पनि सबैजना पास गर्न सक्ने गरी दरबन्दी नै नहुने लगायतका विविध कारणले पास नगरेको यथार्थलाई मान्नैपर्छ ।

परराष्ट्रमा झनै समस्या
परराष्ट्र मन्त्रालयमा १२० जना नायब सुव्बाहरुको दरबन्दी छ। यसै पनि परराष्ट्रमा शाखा अधिकृतमा कममात्रै सिट खुल्ने गर्दछन्। शाखा अधिकृतको संख्या ९० तथा उपसचिवको संख्या झण्डै ५०, सहसचिवको संख्या १८ तथा सचिवको दरबन्दी एउटा छ। यस हिसाबले सरदर वर्षमा १० जना शाखा अधिकृतको दरबन्दी खाली भयो भने पनि यो प्रावधानले २ जनाको मात्रै बढुवा हुन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

यद्यपि वर्षमा सरदर १० जनाको पनि दरबन्दी खाली हुने निकै कम सम्भावना छ। यो हिसाबले १२० औं नायब सुब्बालाई बढुवा हुन कम्तिमा ६० वर्ष लाग्ने देखिन्छ। यस हिसाबले ३०-३५ वर्ष सेवा गरी सोही पदबाटै घर जानुपर्ने यो व्यवस्था कति अन्यायपूर्ण छ यही हिसाबले देखाउँछ।

आन्तरिक प्रतियोगिता समेतको प्रावधान नहुँदा परराष्ट्र सेवाका नायब सुब्बाहरुका लागि माथिल्लो पदमा बढुवा हुन निकै कठीन देखिएको छ। परराष्ट्रमा खरिदार पद छैन। बढुवाको विद्यमान ३० प्रतिशतको व्यवस्थालाई २० प्रतिशतमा झारिएमा आफूहरुको अवस्था झनै दर्दनाक हुने र नायब सुब्बा पदबाटै घर फर्किनुको विकल्प छैन। 

के गर्नु ठीक हुन्छ?

शाखा अधिकृतको पदपूर्तिमा नायब सुब्बाहरुबाट बढुवा भएर आउने प्रतिशत ३० कायम गर्नुपर्छ । यसका साथै नायब सुब्बाहरुबीच आन्तरिक प्रतिस्पर्धाका लागि १० वा २० प्रतिशत छुट्टाइनुपर्ने र बाँकी प्रतिशतमा खुल्ला प्रतिस्पर्धा हुनुपर्छ। साथै एउटै पदमा लगातार १२ वर्षसम्म काम गरिरहँदा पनि बढुवा नभएमा स्वतः माथिल्लो पदमा बढुवा हुने प्रावधान राखिनुपर्छ। यी प्रावधानले कसैलाई पनि हानी गर्दैन, अन्याय हुँदैन। र, बजारबाट नयाँ कर्मचारी भर्नामा कमी आउँदैन।

निजामती सेवाका स्थायी कर्मचारीहरुलाई खुल्ला प्रतिस्पर्धामा सहभागी हुन उमेरको हद लगाउने तथा कार्यरत कर्मचारीहरु खुल्ला प्रतिस्पर्धाबाट माथिल्लो तहमा उत्तीर्ण हुँदा अघिल्लो पदको सेवा अवधि नजोडिने प्रस्तावित ऐनको व्यवस्थामा समेत सुधार गरिनुपर्छ। परीक्षा पनि दिन नपाउने अनि बढुवा पनि नहुने कर्मचारीको बाँकी कार्यकाल कसरी बित्ला? आशाविहीन सुरुङभित्र अमानवीय ढंगबाट किन धकेल्न खोजिँदैछ यसको औचित्य पुष्टि गर्नैपर्छ।

उपसचिव तथा सहसचिवको खुल्ला प्रतिस्पर्धामा शाखा अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीले मात्र भाग लिन पाउने विद्यमान प्रावधान हुनुहुँदैन। आवश्यक शैक्षिक योग्यता भएको तथा नायबसुब्बा पदमा ७ वर्षको अनुभव भएको व्यक्तिले सहसचिवको खुल्ला प्रतिस्पर्धामा भाग लिन पाउनुपर्ने र ५ वर्षको अनुभव भएको व्यक्तिले उपसचिवको खुल्ला प्रतिस्पर्धामा भाग लिन पाउनुपर्छ। 

आन्तरिक प्रतिस्पर्धा जुनसुकै तहमा पनि राख्नु मनासिव हुन्छ। कर्मचारीहरुलाई बढुवामात्रै कुराउँदा अध्ययन गर्ने बानीको विकास, विश्लेषण गर्ने क्षमता, राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा अपडेट हुने बानीको विकासमा कमी ल्याउँछ, जुन संगठनका लागि कदापि फाइदाजनक हुन सक्दैन। 

यो व्यवस्थाको प्रभाव

मनोबलविहीन, नुर गिरेको कर्मचारीबाट काम लिन सकिन्छ? उत्प्रेरणाविहीन, निरस कर्मचारीले के प्रभावकारिता बढाउन सक्छ? निजामती सेवामा अधिकांश कर्मचारीलाई अपमान गर्दा राष्ट्र निर्माण हुन्छ? वृत्तिविकास ठप्प भएको कर्मचारीले कसरी काम गर्छ?

प्रत्येक मानिस विशेष क्षमताको हुन्छ। तालिम, उत्प्रेरणा, क्षमता विकासको माध्यमबाट उसलाई काममा लगाएर अधिकतम लाभ लिन सकिन्छ भन्ने कुरा भाषण गरेर नथाक्ने, अनि यति निर्मम र पूर्वाग्रही किन बनेको? के नायब सुव्बामा प्रवेश गरेकाहरु क्षमताविहीन भएर हो भन्ने यहाँहरुलाइ लाग्छ? त्यो भ्रम छ भने हटाउनुपर्ने भएको छ। प्रथम दृष्टिमै एकदमै पूर्वाग्रही ऐनका प्रावधानविरुद्ध कडा आन्दोलन गर्नु कर्मचारीका लागि बाध्यात्मक परिस्थिति सिर्जना भएको छ।

त्यसैले, सोझै देखिने यो अन्यायपूर्ण प्रावधानमा सुधार ल्याई बढुवालाई अनुमानयोग्य बनाउनु अत्यावश्यक छ। मानिस आशामा बाँचेको हुन्छ, प्रस्तावित प्रावधानले नासुहरुलाई कहिल्यै बढुवा नहुने, परीक्षा पनि दिन नपाइने आशाविहीन अँध्यारो सुरुङभित्र धकेलेको छ, त्यसले कसैलाई पनि राम्रो गर्दैन। 

(भट्टराई परराष्ट्र मन्त्रालयमा कार्यरत छन्)

प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  १३:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्