नेपालगन्ज- नेपालगन्ज कप क्रिकेट प्रतियोगितमा एबरोल टिएमटी लुम्बिनी यात्रिजले दोस्रो जित हासिल गरेको छ।
लुम्बिनीले एनआइसी एसिया दंगाली गोर्खाज माथि ३ विकेटको जित हासिल गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको दंगालीले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ७ रन बनाएको थियो। दंगालीका कप्तान अमरसिंह रौटेलाले सर्वाधिक २६ रन र उपकप्तान विनायक गिरीले २४ रन बनाएका थिए। लुम्बिनीका लागि सुनिल सुनार र निजामुद्दिन अन्सारीले समान २ विकेट लिए।
१ सय ८ रनको लक्ष्य लुम्बिनीले १८.५ ओभरमा ७ विकेटको क्षतिमा पार गर्यो। लुम्बिनीका लागि छैठौं नम्बरमा आएका बासिर अहमदले ३० बल खेल्दै ३५ रन जोडे भने कप्तान कृष्ण कार्कीले २२ रन जोडे। दंगालीका लागि अमर सिंह रौटेला,सुनिल सुनार र शाहिद अन्सारीको नाममा २-२ विकेट रह्यो । खेलमा लुम्बिनीका बासिर अहमद म्यान अफ द म्याच घोषित भए।
दोस्रो खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजले अर्घाखाची सिमेन्ट्स बर्दिया टाईर्गसले २१ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको रोल्पाले ६ विकेटको क्षतिमा १ सय २४ रन बनाएको थियो। रोल्पाका लागि कप्तान सौरभ खनालले २० रन र शेर ओलीले २४ रन बनाए। उपकप्तान सम्मसुद्दिन अन्सारीले ३२ बलमा ३२ रन बनाएका थिए भने चौथो नम्बरमा आएका भीम सार्कीले पनि २२ बल खेल्दै २९ रन बनाएका थिए । अर्घाखाचीका लागि आकाश विष्टले २ विकेट लिए भने नासिर अन्सारी र हसन खानको नाममा १-१ विकेट रह्यो ।
१ सय २५ रनको लक्ष्य लिएर मैदानमा उत्रेको अर्घाखाची १ सय ३ रनमा समेटियो। कप्तान सुवेन्दु पाण्डेको २१ रन र राजवीर सिंहको २८ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। रोल्पाका लागि विनोद लामा र मेराज अन्सारीको नाममा २-२ विकेट रहयो। म्यान अफ द म्याच रोल्पाका भीम सार्की घोषिच भए।
बिहीबार हुने खेलमा पहिलो खेल आर्शिवाद पेन्ट्स पाल्पा योद्याज र अर्घाखाची सिमेन्ट्स बर्दिया टाईर्गस तथा दोस्रो खेल जिसान बाँके ब्लास्टर र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजबीच हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।