• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

गुल्मी : भौगोलिक अध्ययन गर्न पहिरो पीडितको माग

64x64
रासस मंगलबार, असार १६, २०७७  १४:२४
1140x725

गुल्मी- जिल्लाका विभिन्न क्षेत्रमा खसेको पहिराले ठूलो धनजनको क्षति पुर्‍याएकाले पीडितले भौगोलिक अध्ययन गर्न माग गरेका छन्। पहिराले ग्रामीण क्षेत्रका सडकमा क्षति पुर्‍याउँदा कतिपय ठाउँमा यातायात सेवा नै अवरुद्ध भएको तथा बस्ती नै बस्न नमिल्ने गरी जमिन भासिएकाले सो क्षेत्रको भूगोल अध्ययन गरी बस्न मिल्ने नमिल्ने माग गरिएको हो।

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं ७ वेदुखर्कमा असार ६ गते खसेको पहिराले १५ घर विस्थापित भएका छन्। सोही स्थानमा अझै पाँच घर पहिराको उच्च जोखिममा छन्। त्यसरी विस्थापित तथा जोखिममा रहेका परिवारले आफूहरु बस्दै आएको बस्ती बासस्थानका लागि उपयुक्त भए वा नभएको बुझ्न भौगोलिक अध्ययन गर्नुपर्ने माग गरेका छन्।

सदरमुकाम तम्घासमा यही असार ४ गतेदेखि ठूलो वर्षा भइरहेको थियो। वेदुखर्कका ४२ वर्षीय तुल्सीराम कुँवरका अनुसार असार ५ गते साँझ घरमाथिबाट जमीनको केही भाग चर्किएको देखिएकाे थियाे। असार ६ गते बिहान हेर्दा उक्त भाग करीब एक मिटर तल झरिसकेको थियो। लगातार वर्षा भइरहेकाले घरभन्दा दायाँबायाँ र तलपट्टि पनि पहिरो गएको थियो। घर पहिरोको जोखिममा परेपछि कुँवरको चार जनाको परिवार उसैदिनदेखि छिमेकीका घरमा कोठा लिएर बस्न थालेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कुँवरको नजीकै तीन सडक छन्। एउटा घरको आँगनबाट नै तम्घास–सन्धिखर्क जाने, अर्को घरभन्दा करीब ५० मिटर तलबाट तम्घासदेखि नयाँगाउँ–पिपलधारा हुँदै ढोरपाटन जोड्ने र अर्को घरभन्दा करीब १० मिटर माथिबाट अर्जुन डाँडा जोड्ने सडक छन्।  पहिराले तम्घास –सन्धिखर्क जोड्ने र तम्घास–नयाँगाउँ जाने सडक अवरुद्ध बनाएको थियो। दुवै सडक मानव बस्तीका हिसाबले जोखिमयुक्त छन्। वर्षायाममा पनि ठूलाठूला यन्त्र प्रयोग गरेर विनाअध्ययन बाटो मर्मत भइरहेको छ। यसले गर्दा जोखिम वद्धि हुँदै गएको छ।

कुँवरले आफू मात्र नभएर सिङ्गो बस्ती नै विस्थापित भएकाले उक्त ठाउँमा बस्ती बस्न मिल्ने/नमिल्नेबारे भौगोलिक अध्ययन गर्नुपर्ने बताए। वर्षायाममा यस्तै समस्या देखिने भएकाले राज्यले आफूहरुको उचित व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ। 

Xtrem
Xtrem

सोहीँ ठाउँका पोमनारायण सुवेदीले पनि घरभन्दा माथिको पहाड नै फुटेर झरेकाले आफूहरु विस्थापित हुनुपरेको बताए। उनको घरभन्दा करीब २० मिटरमाथि अर्जुन डाँडा जोड्ने सडक पर्छ। चालु आर्थिक वर्षमा पनि उक्त सडक स्तरोन्नतिका लागि रु ५० लाख विनियोजन भएको छ। समयको ख्याल नै नगरी यन्त्र प्रयोग गर्दा बस्ती नै जोखिममा पर्नेगरी जमीन फुटेको छ। ‘सरकारी कार्यालय र ठेकेदारको लापरवाहीले गर्दा धेरै ठाउँबाट जमीन फुटेको छ’,  उनले भने,  ‘अब त बस्ती बस्न उपयुक्त छ या छैन भन्नेबारे निर्णय गर्न अध्ययन गर्नुपर्छ।’

रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले नगरपालिकाका तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता जनाए। आफूहरुले वेदुखर्कको पहिरो र विस्थापितको अवस्था अनुगमन गरेर  वैकल्पिक व्यवस्थाबारे  योजना बनाउने भुसालको भनाइ छ।

उनले वेदुखर्कका पहिरो पीडित बस्तीबारे आफू गम्भिर भएको बताउँदै विस्थापि परिवारलाई तत्कालका लागि खाद्य पदार्थ समस्या भए नगरपालिकामा सम्पर्क गर्न आग्रह गरे। बस्ती बसेको जमीन कमजोर बन्दै गएकाले अध्ययनका लागि भूगर्भविद् ल्याउन आफूले पहल गर्ने नगर प्रमुख भुसालले आश्वासन दिए।

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १४:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्